‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र लहानमा प्रदर्शन

‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र लहानमा प्रदर्शन

सिरहा : नेपाली कांग्रेसले सशस्त्र क्रान्ति घोषणा गरेको बखत पार्टी सञ्चालन र हातहतियार खरिद गर्ने २०३० साल जेठ २८ गते विमान अपहरण गरेको थियो त्यही विमान अपहरणको घटनामा आधारित ‘प्रजातन्त्रको लागि अपरहण’ भन्ने वृत्तचित्र शनिबार सिरहाको लहानमा प्रदर्शन भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस सहयोगार्थमा वृत्तचित्र प्रदर्शन गरिएको हो। 

वृत्तचित्रमा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर उड्न लागेको विमान कसरी अपहरण भयो भन्ने कुरालाई देखाइएको छ।

कांग्रेसले प्रजातन्त्र स्थापनाका निम्ति पञ्चायती व्यवस्थाविरुद्ध २०२८ देखि २०३३ सालसम्म सशस्त्र क्रान्ति गरेको थियो। 

४८ मिनेटको वृत्तचित्रमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले गठन गरेको मुक्ति सेनाको व्यवस्थापनसहित सशस्त्र संघर्षका लागि रकम अभाव भएपछि विमान अपरहण गरिएको घटनाको मुख्य योजनाकार तथा अपहरणमा संग्लन दुर्गा सुवेदी, नरेन्द्र ढुंगेल, वसन्त भट्टराईसँगको कुराकानीकै वरिपरि घुमेको छ। 
विमान विराटनगरबाट अपहरण गरी भारतको फारविसंगन्जमा अवतरण गराई त्यहाँ सबै रुपैयाँ झिकेर फेरि विमानलाई नेपाल फर्कादिएको त्यो वृतचित्रमा देखाइएको छ। 

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट, पूर्वप्रधामन्त्री तथा कांग्रेसको सशस्त्र संघर्षका कमाण्डर गिरिजाप्रसाद कोइराला, कांग्रेस नेता चक्र बास्तोला, तत्कालीन राष्ट्र बैंकका विराटनगर शाखाका कर्मचारी मदन अर्याल, अपहरण गरिएका विमानमा क्याप्टेन, विमानमा रहेका यात्रुको कुराकानी समेत वृत्तचित्रमा समेटिएको छ।
विमान अपहरणमा प्रत्यक्ष संग्लन रहेका एक पात्र वसन्त भट्टराई र वृतचित्रका लेखक÷निर्देशक जगत नेपाललाई ट्रेड युनियनका जिल्ला अध्यक्ष संजीव उपाध्यायलगायत पदाधिकारीले फूलमाला तथा खादा ओढाएर सम्मान गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.