राेजागारिका लागि माल्दिभ्स पुगेकी नेपाली युवतीको मृत्यु
बिर्तामोड : वैदेशिक रोजगारीको लागि माल्दिभ्स पुगेकी झापाकी एक युवतीको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० की २४ वर्षीया संगीता राजवंशीको अघिल्लो साता मृत्यु भएको हो ।
उनका बुबा नकुल राजवंशीका अनुसार डेढ वर्षअघि घरेलु कामदारको रुपमा ‘कलिङ भिसा’बाट श्रम अनुमति लिएर उनी त्यहाँ पुगेकी थिइन् । संगीताले काम गर्ने स्थानमै आत्महत्या गरेको खबर परिवारलाई आएको नकुलले बताए ।
संगीताको शव श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं अवतरण गराइ शनिबार बिहान मात्रै झापाको मेचीनगर ल्याइएको हो।