घाँस काट्न गएकी महिलाको घाटी रेटी हत्या

घाँस काट्न गएकी महिलाको घाटी रेटी हत्या

वीरगन्ज : बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर हत्या गरिएको छ।कलैया उपमहानगरपालिका- १३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन् बैठाको घाटी रेटेर हत्या गरिएको हो।  घर नजिकै रहेको आफनै खेतमा आइतबार बिहान सियापतिको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो। सियापतिका श्रीमान् दुई वर्षदेखि घर परिवारबाट सम्पर्कबिहीन् छन्। 

घरमा सियापति र उनका २५ वर्षीय छोरा उमेश बैठा मात्रै बस्दै आएका छन्। शनिबार अपरान्ह चार बजेतिर खर र घाँस काट्न सियापति घरबाट आफनै खेतमा गएकी थिइन्। छोरा उमेश पनि त्यहि बेला बाख्रा चराउन निस्किएका थिए। शनिबार बेलुकी ६ बजे तिर बाख्रा चराएर घर फर्किएका उमेशले आमा खेतबाट नआएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

छिमेकीले सियापति अपरान्हतिर खर र घाँस काट्न खेततिर गएको देखेको बताएका थिए। तर बेलुकीसम्म पनि आमा घर नफर्किए पनि उमेशले आमाको सोधी खोजी गरेनन्। आइतबार बिहान भने उनी आमालाई खोज्दै जाँदा खेतमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह रौठारले बताए।

छोरा उमेशले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले सियापतिको घाटीमा धारिलो हतियारले रेटेको अवस्थामा शव फेला पारेको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए। उनका अनुसार हत्या कसले र किन गरेको खुलेको छैन।

सियापतिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.