मुख्यमन्त्रीको गुनासो : केन्द्रले षड्‍यन्‍त्र गर्‍याे, सिडिओले टेरेनन्

मुख्यमन्त्रीको गुनासो : केन्द्रले षड्‍यन्‍त्र गर्‍याे, सिडिओले टेरेनन्

वीरगन्ज : प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई असफल बनाउने षड्यन्त्रमा केन्द्र सरकार नै लागेको आरोप लगाएका छन् । 

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदको काम सरकारी तलब भत्ता मात्र खाने र सरकारी गाडीमा घुम्ने जस्तो मात्रै देखिएको उनले बताए ।

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले सोचे अनुसारको काम गर्न नसकेको उनको भनाइ छ । ‘भर्खरै जन्मिएको नवजात शीशुलाई आमाबुबाले बढी स्याहार गर्नु पर्ने हुन्छ तर संघीय सरकारले इच्छा विपरित जन्मिएको बच्चालाई गरिने जस्तो व्यवहार प्रदेश सरकारसँग गरिरहेको छ ।’ 

वीरगन्जमा आइतबार संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण चाहेर पनि प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरे ।

‘प्रदेशलाई जति चाहिन्छ त्यसको आधा भन्दा पनि कम मात्र कर्मचारी संघीय सरकारले पठाएको छ, ऐन कानुन पनि बनाउन दिइरहेको छैन,’ उनले भने, ‘प्रदेश सरकारले २९ अर्ब ७८ करोड रुपैयाँको बजेट त ल्यायो तर कर्मचारी अभावमा त्यो बजेट कार्यान्वयन हुन सकेको छैन ।’

प्रदेश २ मा झण्डै तीन हजार कर्मचारी आवश्यक भएकोमा संघीय सरकारले अहिले आधा मात्र कर्मचारी पठाएको उनले बताए । अहिले प्रदेशमा पठाइएका कर्मचारी पनि दक्ष र जानकार नभएको उनको गुनासो छ । 
प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई प्रदेश सरकारको मातहतमा राख्न संघीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले भने, ‘त्यही कारण सिडिओले प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न अटेरी गरिरहेका छन् ।’

सिडिओलाई प्रदेश सरकारको मातहत नल्याइए प्रदेश सरकारले आफैँ छुट्टै प्रदेश प्रशासन ऐन बनाएर हरेक जिल्लामा सिडिओ भन्दा उपल्लो दर्जाको कर्मचारी पठाउने चेतावनी मुख्यमन्त्री राउतले दिए ।

प्रदेश २ मा प्रदेश प्रहरी भर्नाका लागि ऐन बनाउन खोज्दा पनि संघीय सरकारले पनि भाँजो हाल्दै आएको उनको गुनासो छ । संघीय सरकारले सहज रुपमा मानेन भने प्रदेश सरकारले आफै प्रदेश प्रहरी ऐन निर्माण गरेर प्रदेश प्रहरीको भर्ना सुरु गर्ने चेतावनी दिए ।

सँगै संघीय सरकारको असहयोग भइरहे पनि प्रदेश सरकार अहिले उपलब्ध श्रोत साधन र जनशक्तिलाई भरपुर उपयोग गरेर अगाडि बढिरहेको राउतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.