महिला सांसद जो प्रदेश सभामा ‘दमदार’ बोल्छन्

महिला सांसद जो प्रदेश सभामा ‘दमदार’ बोल्छन्

विराटनगर : प्रदेश १ की प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फे संसदको रोस्ट्रममा उपस्थित हुनुअघि आफ्ना विचार र विषयबारे मनन् गर्छिन् । बोल्ने कुराको पूर्व तयारीमा लाग्छिन् । तथ्य तंथ्याक भए टिपोट र त्यसको पुनः परीक्षण गर्छिन् । 

आफूले राख्नु पर्ने राजनीतिक विषयलाई बुँदागत रुपमा नोटबुकमा उतार्छिन् । गहन विषय भए पार्टीका सहकर्मीसँग छलफल र परामर्श गर्छिन अनि मात्र प्रदेश सभाको संसदमा प्रस्तुत हुन्छिन् । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी यी सांसदको प्रस्तुति प्रदेश सभाको शुभारम्भ भएकै दिन ‘दमदार’ थियो । सदनमा राम्रो र आफ्नो राजनीतिक अडान सुस्पष्ट राख्न सक्ने थोरै महिला सांसदमध्ये उनी पनि एक हुन । 

भन्छिन्,‘आफूँले सदनमा उठाउनु पर्ने विषय वस्तुमा थोरै पनि द्विविधा भयो भने बरु त्यो दिन रोस्ट्रमै जान्न अर्को दिनलाई तयारी गर्छु ।’

नेकपाकी उमिता बराइली पनि शून्य समय र विधेयकमाथिको सैद्धान्तिक छलफलमा खरो उत्रिन्छिन् । विषयमाथि केन्द्रित रही नअल्मलिने स्वभावकै कारण बराइलीले यो ७ महिनाको अवधिमा सदनमा दिएको धेरै प्रस्तुति सम्झन लायक छन् । तयारीबिना बराइली पनि सदनका छलफलमा सहभागी हुन्नन् । 

‘प्रारम्भका दिनका केही कन्प्युजन जस्तो थियो, प्रदेश सभाको अनुभव हाम्रा लागि नौलो नै थियो,’ उनले भनिन्,‘तर, आफ्नो विषयमा व्यापक अध्यय्न अनि प्रस्ट हुने प्रयास गर्छु । सदनमा विधेयक दर्ता भई त्यो हात परेपछि दोहो¥याएर, तेहे¥याएर पढ्छु अनि मात्र सैद्धान्तिक छलफलमा भाग लिन्छु ।’

राप्रपाकी इन्दीरा राईले अहिलेसम्म टिपोट नलिई रोस्ट्रमबाट बोलेकै छैनन्। सदनमा सभामुखले उपलब्ध गराएको समयलाई पूरापुर सदुपयोग गर्नेतर्फ उनको ध्यान केन्द्रीत हुन्छ ।
 
भन्छिन्,‘तीन मिनेटका शुन्य समय र सात मिनेटको सैद्धान्तक छलफलमा उपलब्ध समयमा कसरी आफ्ना विषयलाई प्रस्ट र चोटिलो ढंगले प्रस्तुत गर्ने नै ध्यान हुन्छ । म त आफूले बोल्ने विषय कागजमा टिपोट गरेर त्यसलाई व्याख्या गर्दै प्रस्तुति दिन्छु ।’ उनले तयारीसाथ सदनमा प्रस्तुत हुँदा विषयान्तर र गल्ती हुने सम्भावना कम हुने बताइन् ।

काँग्रेसकी लीला सुब्बासँग प्रतिनिधि सभाको समेत अनुभव छ । धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सुब्बा अनुभवले समेत खारिएकी सांसद हुन । प्रदेश सभामा उनको प्रस्तुति अन्य महिला सांसदका लागि समेत निकै चासोको विषय हुने गर्छ । सुब्बा भन्छिन्,‘सदनमा जोडदार ढंगले आफ्ना विषय उठान गर्नु चानचुने कुरा होइन । म हरेक विषयमा तयारी गरेर सदनमा उपस्थित हुने गर्छु ।’ सुब्बाले जनता र उनीहरुको अधिकारसँग सम्बन्धित विषयलाई सदनमा प्रस्तुत गर्ने गरेको सुनाइन ।

नेकपाकी सावित्राकुमारी रेग्मी प्रायसो रोस्ट्रमा पुग्दा हातमा टिपोट गरिएको डायरी वा कागजसाथ प्रस्तुत हुन्छिन् । सटिक र सुस्पष्ट प्रस्तुत हुने रेग्मीका विषय वस्तुसमेत वजनदार हुने गर्छन । काँग्रेसकी नवोदिता चौधरी पनि सदनमा अब्बल विषयलाई प्रवेश गराउने महिला सांसद हुन् । भन्छिन्,‘अध्यय्न र तयारी बिना प्रस्तुत हुँदा अलमल हुन सक्छ त्यसैले तयारीसाथ जान्छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.