दुर्घटना न्यूनीकरण गर्ने प्रविधि झापामा पनि

दुर्घटना न्यूनीकरण गर्ने प्रविधि झापामा पनि

बिर्तामोड : दुर्घटना न्यूनीकरणका लागि महत्वपुर्ण मानिएको ‘जियोमेट ट्रयाकिङ सिस्टम’ झापामा पनि भित्र्याइएको छ । १० वर्षअघि नेपालमा चिनाइएको यो प्रविधि झापामा पहिलो पटक प्रयोग गरिएको छ ।

झापामा पहिलो पटक आफ्नो सेवा विस्तार गर्दै टेलिमेटिक्स टेक प्रालि काठमाडौंले ५ वर्षयता दुर्घटना न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताएको छ ।


जियोमेट ट्रयाकिङ सिस्टमबाट सवारीसाधानको अवस्था, चालकको अवस्था र सवारीको गति लगायत संकेत दिन्छ ।


‘डिजिटल प्रविधिको महत्वलाई बुझेर हामीले झापामा पनि यो प्रविधि भित्राएका हौँ,’ प्रालिका अध्यक्ष केशव दाहालले भने, ‘टेलिमेटिक्स टेक प्रालिले देशैभर डिजिटलमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेकोले अहिले झापामा सेवा विस्तार गरेका हौँ ।’


जियोमेट ट्रयाकिङ सिस्टम स्याटेलाइटमा आधारित प्रविधि हो । जसले चालक र सवारीको स्थिति पत्ता लगाउँदै मोबाइल नेटवर्कको मद्दतबाट सवारीसाधन, परिवारजनको स्थितिलाई इन्टरनेटमार्फत संसारको जुनसुकै ठाउँबाट पनि हेर्न मिल्छ ।


साथै कम्प्युटर वा मोबाइलमा आफ्नो आइडी प्रयोग गरी लाइभ म्याप हेर्न सकिने अध्यक्ष दाहालले बताए ।


यो सिस्टमबाट सवारीसाधनको स्थान, गति र समयको निगरानी गर्न सकिन्छ । यसबाट सवारीको उच्च गतिमा नियन्त्रणसमेत गर्न मिल्ने बताइएको छ । साथै सवारीसाधनको एक वर्षसम्मको सम्पुर्ण गतिविधि हेर्न मिल्ने र निश्चित परिधिभन्दा बाहिर सवारीसाधन गए तुरुन्त सुचना प्राप्त गर्न सकिन्छ । यस्तै सवारी चोरी भए–नभएको, दुर्घना भए–नभएको पनि यो सिस्टमबाट पत्ता लगाउन सकिन्छ ।


सवारीसाधनको सर्भिसिङ, जाँचपास तथा सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने समयको जानकारीसमेत यो सिस्टमले दिन्छ । यो प्रविधिले सवारी इन्जिनमा देखिने समस्या र चालकको सवारी चलाउँदाको आचरणसमेत जानकारी दिने हुँदा सवारीसाधन र चालकलाई गाडी धनीले नियन्त्रण र निगरानी गर्न सकिने प्रालिका अध्यक्ष दाहालले बताए । सवारीसाधनमा यो  प्रविधि जडान गर्न बढीमा एक घन्टा लाग्ने बताइन्छ ।


यस्तो प्रविधिको डिभाइस जडान गर्न सुरुमा न्यूनतम १५ हजार र वार्षिक ५ हजार नवीकरण खर्च लाग्नेछ । जडानपछि भने मासिक ५ सय रुपैंयाँ अर्थात् दैनिक १७ रुपैंयाँका दरले गाडीको अवस्था र गतिबारे जानकारी लिन सकिने दाहालले बताए ।


नेपालमा यस्तो प्रविधिको प्रयोग करिव ४५ सय सवारी साधनमा भइसकेको छ । बस, ट्रक तथा ट्याक्सी व्यवसायीलाई अत्यन्तै उपयोगी हुने प्रालिको भनाइ छ । झापामा पहिलो पटक एनएमसी डेरी उद्योगको दुध बोक्ने ट्रक र मनकामना कलेजको बसमा जडान भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.