२० वर्ष पुराना गाडी : निर्णय उल्टाउदै सरकार

२० वर्ष पुराना गाडी : निर्णय उल्टाउदै सरकार

काठमाडौं : सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्ने दिने तयारी गरेको छ। पुराना सवारीसाधानले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‌मा पुर्‍याएको छ। यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा भेहिकल फिटनेट र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवदेन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएको हो। लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ।

‘अधिकतम पुराना सवारी राम्रो अवस्थामा छन्। अहिले नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन’, नाम नबताउने शर्तमा उनले भने, ‘उमेर बढेसँगै गाडी मानिस जस्तो बुढा हुँदैन। खराबी देखिएका पार्टपूर्जा परिवर्तन गर्दा गाडी दुरुस्तै हुन्छ।’ उनले भने जस्तै पार्टपूर्जा प्रयोग गर्दा सवारी सञ्चालन गर्न सकिन्छ। तर, सरकारसँग सवारीसाधनले पुराना पार्टपूर्जा परिवर्तन गरेको या नगरेको नियमन गर्ने निकाय छैन।

यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेल सवारीसाधनको गुणस्तर जाँच गर्ने प्रभावकारी निकाय नहुँदा कर्मचारीलाई अनियमितता गर्ने अवसर हुने बताउँछन्। ‘हामीसँग सवारीको फिटनेस जाँन्ने स्तरीय औजार छैन। कर्मचारीलाई प्रलोभनमा पारेर सवारी दुरुस्त भएको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ’, पौडेल भन्छन्, ‘त्यसलाई नियमन गर्ने प्रभावकारी निकाय निर्माण नभएसम्म उमेर हद उपयुक्त हुन्छ।’

उनका अनुसार बेलायतमा सवारीको उमेर हद तोकिएको छैन। सरकारी तवरबाट सवारीको प्रभावकारी नियमन हुन्छ। भारतमा भने सवारीको उमेर हद तोकिएको छ। प्रभावकारी किसिमले सवारीको अनुगमन गर्न नसक्ने मुलुकले उमेर हद तेक्ने गरेका छन्। नेपालमा सवारीको गुणस्तर जाँच्ने बलियो संयन्त्र नभएकाले २० वर्षको उमेदहद तोकिएको उनको भनाइ छ।

२०७३ फागुन १७ गतेबाट राजपत्रमा सूचना प्रकाशित गरी २० वर्ष पूरा भएका गाडीलाई सञ्चालन रोक लगाइएको थियो। यसको थप व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियामवली २०५४, राजपत्रमा प्रकाशित गरी गरेर २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिएको थियो। यसका लागि राजपत्रमा प्रकाशित सूचनामा सार्वजनिक सवारीसाधन मालवाहक र यात्रुवाहक सवारीसाधनको दर्ता र नवीकरणको चरणमै २० वर्ष आयु तोकिसकेको छ।

२०७४ चैतदेखि पूर्णरूपमा २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्धित छ। सरकारले पुरानो सवारीसाधन चल्न प्रतिबन्ध लगाए पनि धेरै जस्तो यातायात व्यवासायीले गाडी ग्यारेजमा राखेका छन्। उनीहरूले सरकारलाई प्रलोभनमा पारेर पुराना गाडी पुनःसञ्चालन गर्न सकिने अवस्था देखेकाले गाडी सकुसल ग्यारेजमा राखिरहेका थिए। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सडकमा भेटिएका गाडीलाई मात्र नियन्त्रणमा लिने गरेका थिए।

वातावरण विज्ञ भूषण तुलाधार व्यासायिक प्रयोजनका लागि प्रयोग हुने सवारीसाधन दैनिक गुड्ने भएकाले २० वर्षभन्दा पुराना गाडी हटाइने निर्णय भएको बताउँछन्। ‘२० वर्ष पुराना गाडी वायु प्रदूषणको कारकतत्वको रूपमा लिएर सरकारले प्रतिबन्ध गरेको थियो। वातवारण जोगाउने विषयमा सरकारले चालेको कदम थियो’, तुलाधारले भने, ‘आफ्नै नीतिलाई बारम्बार परिवर्तन गर्नु राम्रो होइन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.