कांग्रेसमा गच्छदारका कार्यकर्ताको खोजी, सभापति नै बेखबर

कांग्रेसमा गच्छदारका कार्यकर्ताको खोजी, सभापति नै बेखबर

परासी : नेपाली कांग्रेसमा समाहित भएको तत्कालिन फोरम लोकतान्त्रिकका नेताले पश्चिम नवलपरासीमा आफ्ना पुराना कार्यकर्ताहरुको नामावली संकलन गर्न थालेको छ । पार्टी कांग्रेसमा मिसिए पनि संगठनको जिम्मेवारी नपाएपछि क्रियाशील सदस्यता दिलाउन नामावली संकलन गरिएको पूर्वफोरम नेताहरु बताउँछन् ।

पूर्वफोरम लोकतान्त्रिकका अध्यक्ष वीजयकुमार गच्छदारले आफ्ना २० हजार बढी कार्यकर्तालाई कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने केन्द्रमा माग गरेपछि जिल्ला तहका नेताहरु कार्यकर्ताको नाम संकलन गर्न जुटेका हुन् ।

तत्कालिन फोरमका जिल्ला अध्यक्ष सुवासचन्द्र गिरीका अनुसार पूर्व फोरम लोकतान्त्रिकले कार्यकर्ताको नामावली पठाउन जिल्लामा निर्देशन नै दिएपछि नाम संकलन सुरु भएको हो ।जिल्लाबाट पाँच सय कार्यकर्ताको नामावली पठाउन पूर्व फोरम लोकतान्त्रिकको सर्कुलर छ । सोही संख्यामा जिल्ला नेताले नामावली संकलन गरिरहेका छन् ।

नामावली संकलन गर्दा पूर्व फोरम लोकतान्त्रिकको संख्या बढी देखाउन पुराना कांग्रेस कार्यकर्ताको नामावली पनि राखिएको कांग्रेस संस्थापक समुहका नेताको गुनासो छ । गिरीले भने वडादेखि गाउँ र नगरमा रहेका पूर्व फोरम लोकतान्त्रिकका कार्यकर्ताको नाम मात्र संकलन भएको दाबी गरेका छन् ।

गिरीका अनुसार करिब पाँच सय कार्यकर्ताको नाम क्रियाशील सदस्यताका लागि केन्द्र पठाइने छ । तत्कालिन फोरम नेताहरुका अनुसार यसरी संकलन भएको नामावली जिल्ला कार्यसमितिमा नपठाइ सिधै केन्द्रमा नेता गच्छदारलाई पठाइने छ ।

कांग्रेस सभापतिलाई जानकारी छैन

आफ्नै कार्यकर्ताले नामावली संकलन गरेको कुरा नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति अर्जुनकुमार पोखरेल आफूलाई जानकारी नभएको बताउँछन् ।

संकलन गरिएको नामावली र संख्याबारे जिल्ला समितिलाई जानकारी नदिइएको उनको गुनासो छ । तत्कालिन फोरम लोकतान्त्रिकका नेता भने जिल्लामा नामावली नदेखाई केन्द्रमै पठाउने तयारीमा छन् ।

संस्थापन पक्षलाई नै जानकारी नदिइ गच्छदार निकट (पुराना कार्यकर्ता) समुहको गतिविधिलाई समानान्तर समितिको तयारीका रुपमा पनि जिल्लामा ब्याख्या गरिएको छ ।

पूर्वी र पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका १३ हजार ७ सय क्रियाशील सदस्य रहेको दाबी छ । जसमध्ये ८ हजार बढी पूर्वी र बाँकी पश्चिम जिल्लामा कांग्रेसका क्रियाशील सदस्य छन् ।

गत वर्ष नेता गच्छदारसहित फोरम लोकतान्त्रिकका जिल्लाअध्यक्षसहित जिसस उपप्रमुख र गाउँपालिका अध्यक्ष गरी २० बढी जिल्ला तहका नेता तथा कार्यकर्ता कांग्रेस जिल्ला समितिमा बिलय भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.