सात वर्षपछि भक्तपुरमा कराते प्रतियोगिता

सात वर्षपछि भक्तपुरमा कराते प्रतियोगिता

भक्तपुर : भक्तपुरमा सात वर्षपछि पहिलोपटक सितेरियो कराते तथा किक बक्सिङको उपत्यकाव्यापी प्रतियोगिता हुने भएको छ ।

भक्तपुरस्थित विद्या आर्जन सितेरियो कराते शाखा डोजोले यही असोज १२ र १३ गते प्रतियोगिता गर्ने भएको हो । आयोजक डोजोले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा काभ्रे जिल्लासहित उपत्यकाका करिब ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिएको छ ।

डोजोका अध्यक्ष सूर्यबहादुर लामाले भक्तपुरमा सितेरियो करातेतर्फ पुरुषका ९ र महिलाका आठ गरी १७ तथा किक बक्सिङमा पुरुषतर्फ ४ र महिलातर्फ ३ गरी ७ वटा विधामा भिडन्त गराइने जानकारी दिए ।

उनका सितेरियो करातेमा पुरुषतर्फ २० देखि ६० केजीभन्दा माथिको तौल समूह र खुला तथा महिलातफए २० देखि ५५ केजी तौल समूह र खुलामा भिडाइनेछ ।

त्यस्तै किक बक्सिङमा पुरुषतर्फ ४५ देखि ६० केजी तौल समूह र खुला तथा महिलातर्फ पनि ४५ देखि ५५ केजी तौल समूह र खुलामा स्पर्धा गराइनेछ । दुई दिनसम्म चल्ने उक्त स्पर्धाको लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक डोजोका सचिव प्रेम थापामगरले बताए । उनका अनुसार प्रतियोगिताका सबै तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक र शिल्डले पुरस्कृत गरिनेछ ।

त्यस्तै सितेरियो कराते र किक बक्सिङतर्फ सर्वोत्कृष्ट एकएक महिला र पुरुष खेलाडीसमेत घोषणा गरिने उनले बताए । प्रतियोगिताको रेफ्री संयोजकमा एकेएफका मुख्य सहायक प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र कपाली छन् । नेपाल कराते महासंघका रेफ्री संयोजक समेत रहेका कपालीले प्रतियोगिता डब्ल्यूकेएफको नियमानुसार खेलाइने जानकारी दिए ।

प्रतियोगिता नेपाल कराते महासंघ तथा नेपाल सितेरियो कराते संघको स्वीकृतिमा सञ्चालन हुने आयोजक संस्थाले बताएको छ । भक्तपुर जिल्ला सितेरियो कराते संघको आयोजनामा २०६८ सालमा प्रतियोगिता भएपछि भक्तपुरमा यस्तो खेलको प्रतियोगिता हुन सकेको थिएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.