होचापुड्कालाई १५२ मेडिकलमा निशुल्क स्वास्थ्य परिक्षण

होचापुड्कालाई १५२ मेडिकलमा निशुल्क स्वास्थ्य परिक्षण

काठमाडौं : होचापुड्का अपांगता भएका व्यक्तिले देशभरीका १ सय ५२ मेडिकल सेन्टरमा निशुल्क स्वास्थ्य परिक्षणको सुविधा पाउने भएका छन् ।

नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघबीच मंगलबार भएको सम्झौता अनुसार होचापुड्का अपांगता भएका व्यक्तिले मेडिकल व्यवसायी संघ आवद्ध १ सय ५२ मेडिकलबाट निशुल्क स्वास्थ्य परिक्षण सुविधा पाउने छन् ।

तर होचापुड्का व्यक्तिले स्वास्थ्य परिक्षणका लागि नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिनुपर्ने छ । 

होचापुड्का संघको आग्रहमा तयार पारिएको आग्रहमा संघका अध्यक्ष निर्मल मगराती र नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अब दुबै संघले आफूसँग आवद्ध सम्पूर्ण सदस्यलाई पत्राचार गरी जानकारी दिने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.