कुटपिटबाट एक दम्पती गम्भीर घाइते
तेह्रथुम : छथर गाउँपालिका–३ पञ्चकन्यास्थित दुई युवाको कुटपिटबाट एक दम्पती गम्भीर घाइते भएका छन् ।
सामान्य विवाद चर्किँदै गएपछि युवाहरुले दम्पतीलाई आक्रमण गरेका हुन् । ३० वर्षीय रमेश तामाङ र २५ वर्षीय प्रकास तामाङले स्थानीय ५६ वर्षीय पदम तामाङ र उनकी ५० वर्षीय श्रीमती दुर्गामायामाथि कुटपिट गरेका हुन् ।
कुटाइबाट तामाङ दम्पती गम्भीर घाइते छन् । पदमको दायाँ आँखा र ढाडमा गहिरो चोट लागको छ भने उनकी श्रीमतीको शरिरभरी निलडाम बसेको छ । घाइते दुबैलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको पीडित परिवारले बताएको छ ।
कुटपिटमा संलग्न रमेश र प्रकासलाई ईलाका प्रहरी कार्यलय बसन्तपुरको प्रहरी टोलीले प्रक्राउ गरी अनुुसन्धान गरिरहेको प्रहरी निरिक्षक देवी प्रसाद पौडेलले जानकारी दिए।