कोरियामा नयाँ शक्ति पार्टीको ५१ सदस्यीय समिति चयन
काेरिया : नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन जीवन साशङ्करको नेतृत्वमा नयाँ कार्य समिति चयनसँगै सम्पन्न भएको छ ।
जीवनको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमितिमा २१ सदस्यीय सचिवालय गठन भएको छ ।
नारायणी घर्तीमगर, डोलु आलेमगर र रमेश बजगाईं उपाध्यक्षमा छानिएका छन् । यज्ञमुर्ती पोखरेल महासचिवमा चुनिए भने सचिवमा विनय पाठक र भिष्मभीर छन्त्याल चुनिए ।
यस्तै नारायण गिरी कोषाध्यक्षमा छानिएका छन् । सीताराम अछामी प्रवक्ता बने भने अनुशासन विभागमा वुद्धि गुरुङ छन् । साथै प्रतीक बोहोरा, भिष्मराज मिश्र, शिव मरहट्ठा, सुर्य पाण्डे, लक्षितजङ वाइबा, हेमनाथ खराल, दीपेन किरातीलगायत सचिवालय सदस्यमा चुनिए ।
‘अबको निकास समावेशी विकास, समृद्धि संभव छ हाम्रै पालामा’ नाराका साथ शान्तिपूर्ण रुपमा अधिवेश सम्पन्न भएको बताइएको छ।