मेकअपमा रमाउने मन

मेकअपमा रमाउने मन

हालै सम्पन्न नेपाल मेकअप कम्पिटिसन २०१८ मा विजेता घोषित भइन्, रीना लिम्बू (१९)। उनी काठमाडौं आएको मात्र एक वर्ष भयो। तर, यो छोटो समय उनका लागि निकै लाभदायी बन्न पुग्यो। रीना आफूभन्दा सिनियर २५ मेकअप आर्टिस्टलाई उछिनेर प्रथम भएकी थिइन्। उमेरमा पनि सबैभन्दा कान्छी र कामको अनुभव पनि त्यति नभएकी रीना कम्पिटिसन जित्दाको पल सुनाउँदै भन्छिन्, ‘प्रतिस्पर्धी मेकअप आर्टिस्टहरू मभन्दा निकै अनुभवी थिए, म निकै डराएकी थिएँ तर अन्त्यमा मैले नै जितेँ। त्यो क्षण म निकै खुसी भएँ।’

करिअर बनाउन काठमाडौं पस्ने रीनाजस्ता लाखौं युवा वर्षौंसम्म मौकाको खोजीमा हुन्छन्। तर, रीनाले सोचेजस्तै मौका पाइन् र त्यसमा सफलता पनि हात पारिन्। कम्पिटिसनमा उनले तीन घन्टा लगाएर ब्राइडल र क्रिएटिभ मेकअपलाई पूर्ण रूप दिएकी थिइन्। रीना भन्छिन्, ‘मैले भारतीय दुलहीका लागि र स्प्रिङ सिजन प्लस डिज्यास्टर थिममा मेकअप गरेकी थिएँ।’ कम्पिटिसन जितेसँगै सबै साथीले बधाई दिँदा आफू निकै खुसी भएको रीना बताउँछिन्।

कम्पिटिसनमा भाग लिँदाको दिन सम्झँदै रीना भन्छिन्, ‘तीन दिनसम्म अडिसन भएको थियो। त्यसमा प्राक्टिकल्ली नै मोडलको फेसमा मेकअप गरेर देखाउनुपर्ने थियो।’ मेकअपमा कस्तोकस्तो प्रडक्ट प्रयोग भए, के थिममा मेकअप गरियो भन्ने विषयमा पनि उनले जजहरूलाई ब्रिफिङ गरेकी रहिछन्। रीना खुसी हुँदै भन्छिन्, ‘अडिसन दिएको दुई हप्तापछि रिजल्ट आउँदा म सेलेक्ट भएकी रहेछु।’

काठमाडौं आउनेबित्तिकै रीनाले केही समय पार्लर कोर्स लिइन्। मेकअप आर्टिस्ट बन्न त्यति मात्र काफी थिएन। आफ्नो काममा व्यावसायिकता ल्याउन दिनरात युट्युबबाट मेकअप गर्ने तरिकाका बारेमा सिकेको उनी बताउँछिन्। ‘मलाई मेकअप गर्न रमाइलो लाग्छ, त्यसैले आफैंले सिकेँ’, उनले भनिन्।

काम सिक्ने क्रममा आफन्तहरूको मेकअप गर्ने गरेको रीना बताउँछिन्। मेकअप गरेरै पहिलोपटक तीन सय रुपैयाँ कमाएको उनले भुलेकी छैनन्। ‘प्रायः साथीभाइ र आफन्तकै मेकअप गरिदिन्छु, त्यसैले पैसा लिएर काम गरेकी छैन।’ यसो भन्दै रीना हाँस्न थालिन्। मेकअप आर्टिस्टका लागि हाल ठूलो सम्भावना देखेकी रीना भन्छिन्, ‘अरूलाई राम्रो बनाउन इच्छा लागे पनि आफ्नै लागि भने खासै हेभी मेकअप गर्दिनँ।’

मेकअप सामानहरू बुवाले विदेशबाट पठाइदिने गरेको पनि उनले बताइन्। अहिले रीनालाई फोटो सुटहरूमा मोडललाई मेकअप गर्न बोलाइँदो रहेछ। रीना भन्छिन्, ‘मैले फेसन सोहरूमा पनि मेकअप गरिदिएकी छु।’ परिवारले आफ्नो इच्छामा साथ दिएकाले पनि अगाडि बढ्न सहज भएको उनी बताउँछिन्।

प्लस टु सकाएर बसेकी रीनालाई मेकअप कम्पिटिसनमा भाग लिएपछि अझै बढी सिक्ने मौका मिल्यो। मेकअपसम्बन्धी तालिम र गु्रमिङ क्लासहरूबाट आफू अझै निखारिएको बताउँछिन् उनी। विजेताको ताज पहिरिएसँगै रीना अब राम्रो मेकअप आर्टिस्ट बन्ने सोचमा छिन्। भन्छिन्, ‘अझै सिक्छु, मौका मिले बाहिर गएर पनि पढ्छु। अब यही फिल्डमा आफ्नो करिअर बनाउन चाहन्छु।’ .


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.