मानव बलि दोहोरिने त्रास

मानव बलि दोहोरिने त्रास

परासी : पश्चिम नवलपरासीका दक्षिणी गाउँमा धामीझाँक्री झारफुकमा सक्रिय भएपछि स्थानीय त्रसित बनेका छन् । तीन वर्षअघि झारफुकका क्रममा बालक हत्या (बली) घटना पुनः दोहोरीन सक्ने आशंकामा स्थानीय त्रसित बनेका हुन् । २०७२ साउन ५ गते साविक कुडिया गाविस–४ मर्चवारमा झारफुकका क्रममा १० वर्षीय बालक सोनु भनिने जीवन कोहाँरलाई छिमेकी कोदई हरिजनसहितले बलीका नाउँमा हत्या गरेका थिए ।

हत्या अभियोगमा पक्राउ परेका १० जनालाई अदालतले कैद सजाय सुनाइ सकेको छ । अदालतको फैसलाअनुसार मुख्य धामी बनेका कोदईले सर्वस्वसहित जन्म कैदको सजाय पाएका छन् । अन्य ९ जनाले जन्मकैद सजायमा कैद भुक्तान गरिरहेका छन् । त्यसबेला १४ वर्षका एक बालकको उमेर नपुगेकाले ६ महिना कैदसहित बालसुधार गृहमा पठाइएको थियो ।

तीन वर्षअघिको घटना बिर्सन नसकेका दक्षिण गाउँका स्थानीय गाउँ वरपर धामी झाँक्रीको झारफुकका घटना बढ्दै गएपछि स्थानीय त्रसित हुन थालेका हुन् । साताअघि हराएका पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुरका १० वर्षीय बालक रोहित चौधरी फेला परेका छैनन् । रातको समयमा झारफुकका घटना बढ्नुले स्थानीय त्रसित बनेका हुन् । असोज २ गते हराएका चौधरी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

झारफुक गर्ने बढेपछि पुराना घटना दोहरिन सक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा राती प्रतापपुर गाउँपालिका–३ अमहवामा झारफुक गरिरहेको अवस्थामा प्रहरीले एक निजी विद्यालयका प्रिन्सिपलसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई ‘राष्ट्रसेवकसँग अभद्र व्यवहार गरेको’ अभियोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

स्थानीय धनेवा खोला नजिक खाडल खनेर पिपलको बोटमा धामी झाँक्रीसहित पूजा गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । स्थानीयलाई धम्कीदिदैं पूजा गरेको र मध्यरातमा पूजा नगर्नुभन्दा प्रहरीमाथि जाइलागेपछि पक्राउ गरी मुद्दा चलाइएको नायब उपरीक्षक खाँडले जानकारी दिए ।

गोल्डेन लाईफ इङ्गलिस स्कुलका प्रिन्सिपल हरेन्द्र बढई शर्माले परिवारका सदस्य बिरामी परेकाले खोला किनारमा पूजा गरेको प्रहरीले जनाएको छ । शर्मासँगै पक्राउ परेका प्रतापपुर–३ का ५५ वर्षिया ठगईप्रसाद मुसहर, १८ वर्षिया बलिराम मुसहर, सुनवल–१२ भूमहीका तीलक भट्टराई, भानु मुसहरलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।

डेढ महिनाअघि शर्माले आफ्नै विद्यालय नजिक खाडल खनेर आफुलाई हत्या (बली) गर्ने उद्देश्यले पूजापाठ गरेको आरोप लगाउँदै एक स्थानीय महिलाले प्रहरी कार्यालयमा निवदेन दिएकी थिइन् । स्थानीयलाई त्रसित बनाउने क्रियाकलाप नगर्ने शर्तमा उनीहरुलाई प्रहरीले छाडेको थियो । तीन वर्षअघि भएको बली घटनाका मुख्य झाँक्री मानिएका कोदईले आफ्ना छोरालाई तान्त्रिक विद्या सिकाउन गाउँलेको मिलमतोमा सोनुको हत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.