शिक्षक परीक्षामा, विद्यालय बन्द

शिक्षक परीक्षामा, विद्यालय बन्द

तेह्रथुम : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएपछि अधिकांश विद्यालय हप्ता दिनदेखि १५ दिनसम्मका लागि बन्द गरिएका हुन्।

तेह्रथुमका परीक्षार्थी शिक्षक परीक्षा दिन सुनसरीको धरान जानुपर्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकको भनाइ छ। 

जिल्लाका धेरैजसो विद्यालय १५ दिनका लागि र केही विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन्। लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन्। विद्यालयका अधिकांश शिक्षक परीक्षाका लागि जिल्ला बाहिर गएपछि केही खुलेका विद्यालयमा पनि पठनपाठन प्रभावित भएको अभिभावकले बताएका छन् ।

जिल्लाका अधिकांश विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी एक हप्तादेखि १५ दिन सम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तेह्रथुमका प्रमुख लिलानाथ पोखरेलले बताए। उनका अनुसार पहाडी जिल्लाका विद्यालयले हिउँदे र बर्खे गरी ४५ दिन र स्थानीय चाडपर्वका लागि ५ दिन गरी जम्मा ५० दिन बिदा दिन पाउने व्यवस्था रहेको छ । 

आयोगले यही असोज ११ गते माविको,१२ गते निमावीको र १३ गते प्राथमिकको परीक्षो लिने भएको छ। जिल्लाबाट करिब तीन हजार शिक्षक परीक्षार्थी आयोगको परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ तेह्रथुमले जनाएको छ।तेह्रथुममा ४७ मावीसहित दुईसय २८ सामुदायिक विद्यालय सञ्चालनमा छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.