सृष्टिलाई पहिचान बनाउन सकस

सृष्टिलाई पहिचान बनाउन सकस

काठमाडौं : पहिलो फिल्म हिट भए पनि दोस्रो र तेस्रो लगालग फ्लप भइदिँदा सृष्टि श्रेष्ठलाई सकस परेको छ। छानेर वर्षमा एकदुई फिल्म खेल्ने तर यसरी छानेका फिल्मले पनि साख बचाउन नसकेपछि सृष्टिलाई करिअर बचाउन सकस भएको कुरा बुझ्न गाह्रो छैन।

तर, उनलाई फिल्म फ्लप भएको मात्र पिर छैन, दर्शकले उनलाई हिरोइन नमानेको पिर पनि उत्तिकै छ। त्यसैले त उनले एउटा अन्तर्वार्तामा हिरोइनको पहिचान बनाउन गाह्रो भएको स्वीकार गरेकी छिन्।  

सृष्टिका अनुसार दर्शकले उनलाई फिल्मको हिरोइनभन्दा पूर्व मिस नेपालका रूपमा बढी चिन्छन्। उनको स्वीकारोक्ति थियो, 'हिरोइनको पहिचान बनाउन गाह्रो रहेछ।'

यो भनाइले उनी मिस नेपाल भएको समयमा चलेको हल्लालाई पनि सत्य साबित गरिदिएको छ। उतिबेला सृष्टिलाई आयोजकले मिस नेपाल बनाइदिने आश्वासन दिएपछि बल्ल उनी प्रतिस्पर्धामा आएको हल्ला चलेको थियो। 

यसले के देखाउँछ भने उनले मिस नेपालको ताज सजिलै पाएकी रहेछिन्, जुन सजिलो उनलाई अभिनेत्री बन्न भएको छैन। सँगसँगै अर्को सत्य पनि छ, उद्योगमा घुलमिल गर्न छाडेर प्रेमको गुँडमा ओथारो बस्न थालेपछि झन् कसरी अभिनेत्रीको पहिचान बन्छ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.