बजेट वक्तव्य
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको कार्य अघि बढाइने
काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण कार्यलाई अघि बढाउने भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी गराएका हुन्।
मन्त्री पुनका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गरिने जानकारी दिए।
यसैगरी भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिनेछ। यसका लागि रु ३६ करोड विनियोजन गरिएको छ। सुर्खेत विमानस्थलको स्तरोन्नति गरिने बजेट वक्तव्यमा उल्लेख छ। रोल्पाको बडाचौर,दाङको टरिगाउँ,जुम्ला,विराटनगर,धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरिनेछ।
नागरिक उड्डयन पूर्वाधारतर्फ रु ३ अर्ब ७७ करोड विनियोजन भएको छ।
प्रतिक्रिया दिनुहोस !