संघसंस्था धेरै विकास कम

संघसंस्था धेरै विकास कम

तम्घास : 

तमघासमाथी रेसुंगाको वन
सँगै हुन पाइएन निरमाया

न्याउलीजस्तै रुन्छ मेरो मन
गुल्मी जाने हो
रुरु र रेसुंगा घुम्न लाने हो।

यो गीतले रेसुंगाको महत्व दर्शाउँछ। जिल्लाको धार्मिक एवं पर्यटकीयस्थल रेसुंगाको नाम नसुन्ने कमै होलान्। रेसुंगा नपुगे पनि गुल्मीलाई चिनाउने यस धार्मिक एवं पर्यटकीयस्थलका बारेमा धेरैले जानकारी राख्छन्। जिल्लाभित्र र बाहिर रेसुंगा नाममा धेरै संघसंस्था खुलेका छन्। रेसुंगा जति चर्चित र लोकप्रिय छ, त्यसको तुलनामा यो क्षेत्र विकासमा निकै पछि छ।

विदेशमा समेत चर्चित रेसुंगाको नाममा धेरै गीत एवं एल्बम निकालिएका छन्। जिल्ला सदरमुकामभन्दा माथी टापुमा अवस्थित रेसुंगा सुन्दर र हराभरा छ। गुल्मीलाई प्रकृतिले रेसुंगाजस्तो सुन्दर स्थान उपहार दिएको स्थानीय बुढापाका बताउँछन्। प्राकृतिक रुपमा सुन्दर रेसुंगाको काखमा सदरमुकाम तम्घास छ। नजिकको तिर्थ हेला भनेजस्तै रेसुंगा पनि सदरमुकाम नजिकै भएर पनि पर्यटकीय पुर्वाधार विकासमा कमजोर छ।

केही समयअघि रेसुंगा पुगेकी तम्घासकी चन्दा घिमिरेले भनिन्, ‘रेसुंगा पुग्दा मन शान्त हुन्छ। तर भौतिक पुर्वाधार नहुँदा यहाँ जान गाह्रो छ।’ चन्दाजस्तै रेसुंगा पुग्ने पर्यटकका लागि बस्न, खान र घुम्न पुर्वाधार निर्माण भएको छैन। प्राकृतिक रुपमा सुन्दर भए पनि पुर्वाधार अभावले एक घण्टा विताउन पनि गाह्रो हुने गरेको छ।

स्थानीय जनप्रतिनिधीदेखि सांसदसम्मले रेसुंगाको विकासमा धेरै भाषण गरेका छन्। धेरै पर्यटक भित्र्याएर जिल्लाको आर्थिक विकासमा सहयोग पुर्‍याउने आश्वासन दिएका छन्। त्यतिमात्रै होइन होमस्टे सञ्चालन गर्ने, स्थानीय कला संस्कृतीको जगेर्ना गर्दे रोजगारी सिर्जना गर्ने अनेक सपना बाँढेका छन्। तर रेसुंगाले आश्वासनभन्दा बढी केही पाउन सकेको छैन।

होमस्टे सञ्चालन गरी पाहुनाको स्वागत गर्ने आशमा बसेका स्थानीय सोच र व्यावसाय परिवर्तन गर्न थालेका छन्। एक दशकअघि रुरु रेसुंगाको संरक्षणका लागि स्थापित रुरु रेसुंगा संरक्षण समितिले रेसुंगा विकासमा केही प्रयास गरे पनि प्रभावकारी हुन सकेको छैन। समितिले आवश्यकता पहिचान नगरी भवन बनाउने र भत्काउने काममा धेरै समय र लगानी खर्च गरेको छ।

२०६३ सालमा स्थापना भएको यस संस्थाले रेसुंगाको प्रचार प्रसार र दिगो पर्यटकीयस्थल निर्माण गर्न १५ वर्षे योजना बनाउएको समितिका कार्यकारी निर्देशक नरेश भण्डारीले बताए। ‘सुरुमा केही काम भएका छन्’, उनले भने, ‘१५ वर्षे योजना बनाएर अगाडी बढ्ने कार्यक्रम बनाउँदैर्छौ।’ भण्डारीका अनुसार १२ वर्षमा समितिले रुरु रेसुंगा विकास र संरक्षणको लागि झण्डै ५ करोड खर्च गरिसकेको छ। समिति निर्माणपछि नेपालका १८ पर्यटकीय गन्तब्यमध्ये रेसुंगा एक गन्तब्यका रुपमा सुचिकृत हुनु महत्वपुर्ण उपलब्धी भएको उनको भनाइ छ।

रुरु रेसुंगा संरक्षण समितिले रेसुंगा क्षेत्रमा पोखरी जिर्णोद्धार, रेसुंगा यज्ञशाला जिर्णोद्धार, ऋषि श्रृंगेश्वर आ श्रम निर्माण, सिद्धवावा मन्दिर जिर्णोद्धार गरेको भण्डारीले बताए। रेसुंगाक्षेत्र पर्यटकीय एंव धार्मिकस्थल भएकाले केन्द्र सरकारले रेसुंगा विमानस्थलको निर्माण शुरु गरेको भण्डारीले जानकारी दिए। हालसम्म रेसुंगा पुग्ने पक्की सडक नहुँदा पर्यटकले दुख व्यहोर्नु परेको छ। रेसुंगाको दिगो विकास र पर्यटन प्रवद्र्धन गर्न रेसुंगा नगरपालिकाले आगामी वर्षमा रेसुंगा विकास गुरु योजना कार्यक्रम अगाडी बढाएको जनाएको छ।

छिमेकी जिल्ला प्युठानको स्वर्गद्धारी र अर्घाखाँचीको सुपादेउरालीबाट गुल्मीले केही पाठ सिक्नुपर्ने उद्योगी व्यवसायीको भनाइ छ। रेसुंगा पुग्ने पक्की सडक, होटल, रिसोर्ट, मन्दिर निर्माण गरी धार्मिक र पर्यटकीय क्षेत्र छुट्याउन स्थानीयले माग गरेका छन्। रेसुंगा नाममा स्थापित संघसंस्थाले पनि यस क्षेत्रको विकासमा सघाउन सके रेसुंगा नेपालको प्रमुख धार्मिक एवं पर्यटकीयस्थलमा रुपमा स्थापीत हुने र धेरै पर्यटक भिœयाउने सकिने सरोकारवालाको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.