नेतृत्वविहीन बन्यो नाष्ट

नेतृत्वविहीन बन्यो नाष्ट

काठमाडौं : नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) एक महिनादेखि उपकुलपतिविहीन छ । तत्कालीन उपकुलपति प्राडा जीवराज पोखरेलको चार वर्षे कार्यकाल भदौ १४ मा सकिएपछि नाष्ट उपकलुपतिविहीन भएको हो ।

विज्ञान र प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान गर्न गठित सरकारी स्वायत्त संस्था नाष्ट उपकुलपति चयनमा ढिलाइ हुँदा खोज अुनसन्धानमा समस्या परेको नाष्ट कर्मचारीको गुनासो छ । ‘हामीले उपकुलपति पद खाली भएको जानकारी मन्त्रालयलाई गराइसकेका छौं’, नाष्टका सचिव बुद्धिरत्न खड्गीले भने ।

प्रधानमन्त्री नाष्ट कुलपति हुने प्रावधान छ । कुलपतिले उपकुलपति नियुक्ति गर्ने प्रचलन छ ।

उपकुलपतिका लागि चयनका लागि प्राज्ञसभा सदस्यबाट सिफारिस समिति बनाउने चलन छ । अहिलेसम्म सिफारिस समिति गठन भएको छैन । सिफारिस समितिलाई सात दिनको समय दिइन्छ । उपकुलपति नियुक्त हुन अझै समय लाग्ने देखिन्छ ।

कुलपति एवं प्रधानमन्त्री केपी ओली विदेशमा रहेकाले उपकुलपति चयनमा ढिलाइ हुन सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले आशंका व्यक्त गरे ।

राजनीतिक आस्थाका आधारमा नाष्टमा उपकुलपति चयन हुँदै आएको छ । पोखरेल कांग्रेस सरकारका पालामा नियुक्त भएका थिए । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उनलाई उपकुलपतिमा नियुक्त गरेको थियो । विज्ञान–प्रविधिको क्षेत्रमा काम गर्ने संस्थामा राजनीतिक नियुक्ति रोक्नुपर्ने माग उठ्दै आएको छ । राजनीतिक नियुक्तिले वैज्ञानिक थलोमा काम कम बढी राजनीति हुँदा नाष्टको प्रभावकारितामा प्रश्न उठ्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.