नेपालगन्जमा अतिक्रमण हटाउन सुरु

नेपालगन्जमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज : नेपालगन्जनेपालगन्ज उपमहानगरले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ। कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख उमा थापामगरको नेतृत्वमा शुक्रबारदेखि अतिक्रमण हटाउन थालिएको हो।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम)देखि धम्बोझी चोकसम्मका फुटपाथलाई व्यवस्थित गरिएको छ। ‘सडक र सडकपेटी अतिक्रमण गरी जनतालाई आवतजावतमा समस्या परेको, फोहोर–मैला बढी भएको गुनासो आएपछि अतिक्रमण हटाउन सुरु गरिएको हो’, कार्यवाहक नगरप्रमुख थापाले भनिन्, ‘सडकमा रहेका ठेला पसल, व्यापारीले अतिक्रमण गरेका सडकपेटी व्यवस्थित गर्ने काम भएको छ। यस अभियानलाई निरन्तरता दिइनेछ।’

उपमहानगर टोलीले सडकबाट झन्डै एक मिनी ट्रक सामान पनि नियन्त्रणमा लिएको थियो। केही ठेला व्यवसायीले उपमहानगरको प्रवेशद्वारमा केहीबेर नाराबाजी पनि गरेका थिए। थापाले भनिन्, ‘ठेला व्यवसायीसँग आइतबार थप छलफल गरेर समस्या समाधान गर्नेछौं।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेल पनि सडक अतिक्रमण हटाउन सडकमै ओर्लेर सघाएका थिए। पार्किङ अभावले नेपालगन्जका अधिकांश सडक र किनार सवारीसाधन पार्किङ गर्ने थलोजस्तो बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.