दैनिक व्यायाम नगर्नेको हराउँछ स्मरणशक्ति
काठमाडौं : दैनिक शारीरिक व्यायाम नगर्ने व्यक्तिमा स्मरणशक्ति हराउँदै जाने गरेको एक अनुसन्धानले देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाका सोधकर्ताले तयार पारिएको एक रिपोर्टअनुसार हल्का व्यायाम गर्ने वा योगा गर्ने व्यक्तिभन्दा व्यायाम गर्दै नगर्ने व्यक्तिमा स्मरणशक्ति हराउँदै गएको तथ्य पत्ता लगाएको छ।
रिपोर्टअनुसार, २० वर्ष उमेर समूहका ३६ जनालाई अनुसन्धानमा सहभागी गराएको थियो।अनुसन्धानको पहिलो चरणमा सहभागीलाई १० मिनेट व्यायाम गर्न लगाएको थियो।व्यायाम गरिसकेपछि उनीहरुको एमआरआई परीक्षण पनि गरिएको थियो।
त्यस्तै, दोस्रो चरणको अनुसन्धानमा भने व्यायाम नगराइ सामेल गराइएको थियो। उनीहरुको एमआरआई टेस्ट पनि गरिएन्।नतिजामा व्यायाम गराइएकाभन्दा व्यायाम नगराइकाहरुको स्मरणशक्ति कम देखिएको समाचार आजतकमा छ।
हिजोआज व्यस्त जीवनशैलीले मानिसलाई अस्तव्यस्त बनाएको छ।यस्तो अवस्थामा समय निकालेर घन्टौं जिम जाने वा अरु कुनै व्यायाम गर्नु त असम्भवजस्तै भएको छ।
केही व्यक्ति यतिसम्म व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ।
तर, व्यस्तताबीच पनि आफ्नो स्वास्थ्य लागि समय निकाल्नु आवश्यक छ। स्वास्थ्य नभए जीवन रहँदैन भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ। त्यसैले स्वस्थ्य रहन आफ्ना लागि दिनमा १० मिनेट मात्र समय छुट्याउने बानीको विकास गर्नु आवश्यक छ।
व्यायामका लागि घन्टौं समय चाहिन्छ भन्ने पनि छैन।थोरै समयमा नियमित व्यायाम गर्न सकिन्छ। दिनमा करिब १० मिनेट मात्र व्यायाम गर्न सके स्वास्थ्यलाई फिट राख्न सकिन्छ। नियमित व्यायामले मन,मुटु र मस्तिष्कलाई सुरक्षित राख्छ भन्ने कुरा नबिर्सौं।