पाकिस्तानी अधिकारीले राजदूतको पर्स चोरेपछि......

पाकिस्तानी अधिकारीले राजदूतको पर्स चोरेपछि......

कुवेत : केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । एकजना वरिष्ठ पाकिस्तानी अधिकारीले कुवेतका राजदूतको पर्स चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरुले यसलाई हाँसिमजाकको विषय पनि बनाइरहेका छन् । 

पाकिस्तानमा भएको संयुक्त सचिवस्तरकै बैठकमा सहभागी एक पाकिस्तानका जोइन्ट सेक्रेटरी स्तरका अधिकारी जरार हैदर खानले कुवेतका राजदूतको पर्स चोरेका हुन् । उनले पर्स चोरिरहेको दृश्य सीसीटीभीमा कैद भएको छ । 

भिडियोमा पाकिस्तानी अधिकारी खानले टेबलमा राखेको पर्स आफ्नो कोटको गोजीमा हाल्दै गरेको दृश्य देख्न सकिन्छ ।

पाकिस्तानका अधिकारीले पर्स चोरेपछि कुवेतका राजदूतले यस चोरीको घटनालाई पुलिसमा उजुरी दिएका थिए । सीसीटीभी फुटेजको जाँचमा अधिकारीले पर्स चोरिरहेको दृश्य देखिएको हो । यो भिडियो पनि एकजना पाकिस्तानी पत्रकारले नै सार्वजनिक गरेका हुन् । 

यो घटना पाकिस्तान र कुवेतबीच संयुक्त मन्त्रालयस्तरीय आयोगको बैठक चलिरहेका बेलाको हो । घटनाको भिडियो पाकिस्तानका एक पत्रकार ओआमार आर कुरिसीले आफ्नो ट्विटर एकाउन्टबाट सार्वजनिक गरेका हुन् । 

भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, 'पाकिस्तान सरकारका ग्रेड २० अधिकारीले कुवेतका अधिकारीको पर्स चोरे । ती अधिकारी त्यस प्रतिनिधिनमण्डलका सदस्य थिए जो प्रधानमन्त्री इमरान खानसँग भेट्नका लागि आएका थिए । रिपोर्ट अनुसार आरोपी अधिकारीलाई गिरफ्तार गरेर उनीविरुद्ध मुद्दा चलाइएको छ । 

समाचार अनुसार बैठकमा उच्चस्तरीय सुरक्षा उपाय अपनाइएको थियो । यसका बावजूद जब कुवेतका राजदूतको पर्स चोरी भएपछि धेरै आश्चर्य प्रकट गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.