खुर्सिद अन्सारीको घरैमा गृहमन्त्री, परिवालाई दिए १० लाख रूपैयाँ

खुर्सिद अन्सारीको घरैमा गृहमन्त्री, परिवालाई दिए १० लाख रूपैयाँ

इनरुवा : केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आज सरकारले १० लाख हस्तान्तरण गरेको छ । 

११औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरे । 

अज्ञात समूहले गोली प्रहार गरी खुर्शिदको हत्या गरेको थियो । हत्या गरेका खुर्सिदलाई सरकारले शहीद घोषणा गर्दै र १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो । 

श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै मन्त्री थापाले अपराधी जुनसुकै कुनामा लुकेर बसे पनि कानूनी कठघरामा ल्याउने दाबी गरे । अपराधी देशको कुनै कुनामा लुकेर बसे पनि खोजेर कानूनी कठघरामा उभ्याउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेशमन्त्री उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश सांसद ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतले हत्यारालाई कठघरामा ल्याउन सबैको सहयोग चाहिने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.