उदास कार्कीको `अन्तिम सत्य´को विमोचन
काठमाडौं : मुक्तककार एवम् कविका उदास कार्कीको मुक्तक संग्रह `अन्तिम सत्य´शनिबार विमोचन भएको छ । समारोह तुलसी दिवशको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल,वियोगी बुढाथोकी,रमेश पौडेल, रेणुका थापा, आनन्दबहादुर गुरुङ्ग,पुष्प अधिकारी (अञ्जली) लगायत पनि उपस्थित थिए ।
लमजुङ्गको भोटेओढारमा जन्मिएका उनी हाल बसुन्धरामा बस्दै आएका छन् । अंकबहादुर कार्की नै नेपाली साहित्यमा उदास कार्कीका नामले परिचित छन् ।
कार्कीले २०४० सालदेखि लेखनयात्रा शुरुवात गरेका थिए । उनले आफ्ना भोगाई, अनुभूति, समाजको यथार्थता, मानवीय प्रवृत्ति, राष्ट्रप्रेम, चेतना, जागरण, समकालिन समाज, राजनीति, संस्कृति,जस्ता विषयगत विविधतालाई आफ्ना मुक्तकमा समावेश गर्ने गरेका छन् ।
उनको कृति नेपाली साहित्य विधामा एउटा दस्तावेज बनेर रहने विश्वास आयोजक संस्थाका अध्यक्ष शान्ति शर्माले गरेकी छन् ।