निर्मला हत्या प्रकरण : विधि विज्ञान प्रयोगशालामा पनि 'म्याच' भएन डिएनए

निर्मला हत्या प्रकरण : विधि विज्ञान प्रयोगशालामा पनि 'म्याच' भएन डिएनए

काठमाडौँ : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि डिएनए परीक्षण गरिएको जनाएको छ ।

नेपाल प्रहरी केन्द्रीय बिधि विज्ञान प्रयोगशालामा मात्रै निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण गरेको आरोप लगेपछि यस्तो स्पष्टिकरण आएको हो ।

दुवै प्रयोगशालामा निलम्वित एसपी विष्ट  विष्ट, उनका छोरा किरण विष्ट र स्थानीय युवा आयुष विष्टको डिएनए परीक्षण गरिएको थियो। तर दुवै प्रयोगशालामा तीनैजनाको डिएनए म्याच नभएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेन्द्र थापाले सोमबार निकालेको विज्ञप्तीमा उल्लेख छ ।

'दुवै प्रयोगशालामा भएको परीक्षणको प्रतिवेदन हामीलाई प्राप्त भइसकेको छ', प्रहरी प्रवक्ता थापाले अन्नपूर्णसँग भने, 'दुवै प्रयोगशालाको रिपोर्ट नेगेटिभ आएको छ । हामीले रिपोर्टलाई सम्बन्धित कार्यालयमा समेत पठाइसकेका छौँ ।'

दुवै प्रयोगशालामा तीनैजनाको रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच नभएको जानकारी प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई गराइसकेको छ।

निलम्बित एसपी विष्टको काठमाडौंमा र अन्य २ जनाको रगतको नमूना कञ्चनपुर प्रहरीले संकलन गरेर दुवै प्रयोगशालामा पठाएको थियो।

यसअघि प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट र अर्का युवक चक्रदेब बडूकोसमेत डिएनए परीक्षण गरेको थियो। उनीहरूको डिएनएसमेत म्याच भएन। बडू ११ दिन र विष्ट २४ दिन प्रहरी हिरासतमा बसेर रिहा भए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको शव साउन ११ गते भीमदत्त नगरपालिका-२ र १८ को सीमानजिक निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो।

निर्मलाको बलात्कार र हत्या भएको ७० दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। हत्यारा पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पुनःआन्दोलन भइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.