उभ्याइयो भेडीखर्के साइँलाको शालिक

उभ्याइयो भेडीखर्के साइँलाको शालिक

लमजुङ : नागरिकद्धारा ठाडोभाका शिरोमणि उपाधी पाएका लोक गायक भेँडीखर्के साइँलाको शालिक अनावरण गरिएको छ ।

सुन्दरबजार नगरपालिका–६, स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा उनको शालिक अनावरण गरिएको हो । राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई (ब्याकुल माइला) ले आइतबार दीवंगत साहिँलाको शालिक अनावरण गरेका हुन् ।

श्रष्टाको योगदान कहिल्यै भुल्न नहुने भन्दै राईले मौलिक कला, गीतसंगीतको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । ठाडोभाका संरक्षणमा साहिँलाको सक्रियता थियो । भेडीखर्के साइँला समृति प्रतिष्ठान लमजुङ सुन्दरबजारको पहलमा साहिँलाको शालिक निर्माण गरिएको हो ।

आजीवन ठाडोभाका संरक्षणमा लागेका साहिँलाको योगदानको उच्च कदर गर्नुका साथै उनको सम्झनामा शालिक ठड्याइएको भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शम्शेरबहादुर लौडारीले बताए ।

दूरा गुरुङ सुमदायको सँस्कृति मानिने ठाडोभाका बचाउन सक्रिय भेडीखर्के साइँलाको वास्तविक नाम दीर्घराज अधिकारी हो । शालिक अनावरणको क्रममा लोपान्मुख मौलिक ठाडोभाका संरक्षण जनजाति समुदायका साथै नयाँ पुस्ता जुट्नु आवश्यक रहेको दूरा सेवा समाज सुन्दरबजारका उपाध्यक्ष चन्द्रबहादुर दूरा ले बताए ।

विसं १९९० भदौ २९ गते बलभद्र अधिकारी र नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६, दुराडाँडा लमजुङमा जन्मिएका साइँलाको २०७४ साल भदौ २६ गते निधन भएको हो ।

शालिक अनावरणकै अवसरमा ठाडोभाका समेत प्रस्तुत गरिएको थियो । साहिँलाको शालिक बनाएर फूलपाती चढाउँदैमा उनको सम्मान नभएर मौलिक ठाडोभाका जोगाउन सके मात्रै भेडीखर्केको आत्माले शान्ति पाउने सहभागीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.