करेन्ट लागेर एकको मृत्यु
बिर्तामोड : हल्दीबारी गाउँपालिका–१ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खेतमा मोटर जोड्ने क्रममा करेन्टको क्रट्का लागेर ४५ वर्षीय रुद्र त्रितालको सोमबार बिहान मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भीर घाइते त्रितालको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
करेन्ट लागेको स्थानको प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी कृष्णप्रसाद कोईरालाले बताए।