कारागारमै बन्दीको मृत्यु
राजविराज : धरौटी बुझाउन नसकी नौ महिनादेखि कारागारमा रहेका एक बन्दीको आइतबार राति मृत्यु भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका छिन्नमस्ता गाउँपालिका–५ का ३५ वर्षीय सन्तोष साहको मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए ।
यादवका अनुसार चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशअनुसार नौ लाख धरौटी बुझाउन नसक्दा उनी नौ महिनादेखि सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
बाथ रोगीका बिरामी साहको पिसाबमा इन्फेक्सन थियो भने अस्पतालमा उपचारार्थ ल्याउँदा चिकित्सकले टाइफाइड भएकाले थप केही दिन उपचारका लागि अस्पतालमा राख्नु पर्ने बताएका थिए ।
साहको अस्पतालमा भर्ना भएको चार घण्टामा मृत्यु भएको उनको परिवारका सदस्यले बताए।
प्रतिक्रिया दिनुहोस !
४