सय वर्ष नाघेका तीन जेष्ठ नागरिक सम्मानित

सय वर्ष नाघेका तीन जेष्ठ नागरिक सम्मानित

भक्तपुर : भक्तपुरका एक सय वर्ष नाघेका तीन जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

रोटरी क्लव अफ भक्तपुरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबार एकसय वर्ष पूरा भएका ज्येष्ठतम नागरिकलाई सम्मान गरेको हो । यस क्रममा भक्तपुर नपा–७ की १०७ वर्षीया गणेशमाया नापित, भक्तपुर नपा–६ की १०४ वर्षीया मानकुमारी माझी र १०० वर्ष पूरा भएकी बुद्धलक्ष्मी अवाललाई सम्मान गरिएको हो ।

उनीहरुलाई दोसल्ला ओढाएर एकएक थान न्यानो कम्बललगायत समेत प्रदान गरिएको थियो । रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष राजकुमार सुवालले भक्तपुर नगरभित्रमात्रै ११ जना एकसय वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेकोमा सोमबार उपस्थित भएका तीनजनालाई मात्रै सम्मान गरेको बताए । उनले ज्येष्ठ नागरिकसँग भएका ज्ञान तथा सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उक्त सम्मान गरिएको बताए ।

‘परिवारले ज्येष्ठ नागरिकलाई बोझको रुपमा लिन थालेका छन्’, उनले भने, ‘ज्येष्ठ नागरिकलाई उपेक्षा गरिँदा धेरै भाषा, कला, संस्कृति, ज्ञान र सीप लोप भएका छन् । त्यसैले अब बाँचेका ज्येष्ठ नागरिकसँग भएका ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्छ ।’

अध्यक्ष सुवालले यसको लागि स्थानीय नगरपालिकासँग सहकार्य गर्ने रोटरी क्लवको उद्देश्य रहेको जानकारी दिए । कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिकले आआफ्नो अनुभव र ज्ञान बाँडेका थिए ।

ज्येष्ठ नागरिकको प्रभातफेरी
भक्तपुर नपा–७ भेलुखेलस्थित सिद्धि सालिकग्राम वृद्धाश्रमले सोमबार नै ज्येष्ठ नागरिकको प्रभातफेरी निकालेको छ । बृद्धाश्रमबाट सुरु भएको प्रभातफेरी भक्तपुर नगर परिक्रमापछि बृद्धाश्रममै समापन गरिएको थियो ।

बृद्धाश्रममा ज्येष्ठ नागरिकको लागि भजनकीर्तन तथा भोजनको व्यवस्था गरिएको थियो । यस्तै बालबालिकाले सांगीतिक कार्यक्रम प्रस्तुत गरेर कार्यक्रमलाई थप रोमान्चक बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.