छिमेकी गाउँ जाँदै गरेकी ७४ वर्षीया बलात्कृत

छिमेकी गाउँ जाँदै गरेकी ७४ वर्षीया बलात्कृत

डोटी : डोटीमा एक ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सोमबार बड्डीकेदार गाउँपालिका- ३ की ७४ वर्षीया वृद्धा छिमेकी गाउँ जाने क्रममा बोगटान गाउँपालिका-१ सिमचौर घर भएका २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेका हुन्।प्रहरीले बलात्कारीलाई पक्राउ गरेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टका अनुसार बलात्कार गर्ने व्यक्ति पक्राउ परिसकेका छन्। घटना ज्येष्ठ नागरिक दिवसकै दिन भएको थियो। पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए। बलात्कारको आरोप लागेका धामी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। उनी बिरुद्ध जबरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।

डोटीमामा पछिल्लो समय लगातार बलात्कारका घटना हुन थालेका छन्। साउन यता पाँचवटा बलात्कारका घटना भएका छन्। तीमध्ये दुई बालिका, एक महिला, एक ज्येष्ठ नागरिक र एक अपाङ्ग रहेका छन्।

गत साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ वर्षीया एक महिलालाई घरभित्रै बलात्कारको प्रयास गरेको आरोपमा आदर्श गाउँपालिका २ का धौले लुहार बिरुद्ध मुद्धा दर्ता भएको छ।

शिखर नगरपालिकामा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ। उनलाई सायल गाउँपालिका ६, डोटी घर भइ हाल शिखर नगरपालिका- ६ मा बस्दै आएका शिवराज लुहारलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको छ।

त्यसैगरी पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिकाका ३५ वर्षीय शिव लुहार बिरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता छ।

यसै सातामात्र शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिकाकै योगेन्द्र बलायरलाई बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा जिल्ला प्रहरीमा किटानी दर्ता गरिएको छ। 

जिल्ला प्रहरीले बलात्कारको मुद्धा अदालतमा दर्ता गरेको छ। बलायरलाई आइतबार मात्रै बझाङबाट पक्राउ गरिएको   डोटीमा जिल्ला प्रहरीका प्रहरी नायव निरीक्षक लालबहादुर धामीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.