मन्त्रालयमै थमाैती र सरुवा रोक्नेको भीड

मन्त्रालयमै थमाैती र सरुवा रोक्नेको भीड

काठमाडाैँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केही दिनदेखि कर्मचारीको भीड छ। यो भीड आकर्षक सरकारी कार्यालयमा सरुवा माग्ने र थमौती गर्न चाहने कर्मचारीको हो। केही सरकारी कार्यालय ‘मालदार’ कार्यालयका रूपमा चिनिन्छन्, जहाँ घुस नदिई जनताका कुनै काम हुँदैनन्।

मन्त्रालयले पछिल्ला दुई सातामा प्रशासन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका गरी झन्डै आठ सय कर्मचारीको सरुवा गरेको छ। आकर्षक कार्यालयमा रहेकालाई प्रदेश र स्थानीय तहमा पठाइएको छ। तर ती कर्मचारी पुरानै ठाउँमा थमौती गराउन धाएका छन्। सरुवा भएको स्थानमा नपठाई पुरानै निकायमा थमौती गराउन शक्तिकेन्द्र तथा ट्रेड युनियन नेताकहाँ धाउने क्रम पनि तीव्र पारेका छन्।

वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तह, कम्पनी रजिस्ट्रार कार्यालय, भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय र केही जिल्ला प्रशासन कार्यालय आकर्षक मानिन्छन्। मन्त्रालयले गरेको झन्डै आठ सय सरुवामा वैदेशिक रोजगार विभागका ४३ जना परेका छन्। यस्तै ऊर्जा, सिँचाइ र सहरी विकासअन्तर्गतका इन्जिनियरको पनि स्थानीय तह र प्रदेशमा सरुवा भएको छ।

यातायात, नापी, श्रम र भौतिक पूर्वाधारका कर्मचारीलाई भने चलाइएको छैन। तर त्यहाँका कर्मचारीलाई पनि सरुवा गर्ने तयारी थालिएपछि कर्मचारीहरू आफूलाई त्यहीँ राखिदिन भन्दै दौडधुपमा लागेका छन्। सरुवा माग्ने र थमौती गराउन खोज्ने कर्मचारीका कारण मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियाको कार्यकक्षमा हिजोआज भीड हुने गरेको हो।

सरुवा रोक्न र मालदार कार्यालयमा जान मरिहत्ते गर्नेहरूले नेतादेखि मन्त्रीको सोर्सफोर्स लगाउने गरेका छन्।

मन्त्री पण्डितले पनि कर्मचारी सरुवा भएपछि थमौती गराउन नेतृत्वबाटै दबाब आउने गरेको स्विकारे। सरुवा भएको स्थानमा जान छाडेर थमौती गराउन खोज्ने कर्मचारीको प्रवृत्ति गलत भएको उनको भनाइ छ। ‘कसैको पनि थमौती हँुदैन, जहाँ खटाइएको हो, त्यहीँ जानुपर्छ’, मन्त्री पण्डितले भने।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले आफूनिकटका कर्मचारीलाई छानीछानी सरुवा गरिएको आरोप लगाउँदै आएको छ। तर मन्त्री पण्डितले निश्चित मापदण्ड अपनाएर सरुवा गरिएकाले कसैलाई काखा र पाखा नगरिएको दाबी गरे। मन्त्रालयले युनियनका उपमहासचिव यज्ञराज अर्याललाई वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा गरेपछि सिंगो ुनियन उनलाई थमौती गराउन लागेको छ।

युनियनका केन्द्रीय सदस्य पेशल कोइराला, आनन्द विष्टलाई पनि विभागबाट अन्यत्रै सरुवा गरिएको छ। युनियनले नेताहरूलाई उपत्यकाबाहिर पठाउन नपाइने भन्दै सरुवा उल्टाउन दबाब दिँदै आएको छ। तर युनियनकै केही नेता भने उपत्यकाबाहिर कमाउ अड्डामा कार्यरत छन्। तत्कालीन एमाले निकट संगठन र आधिकारिक ट्रेड युनियनका नेता छत्रबहादुर शाह तथा भीष्म दाहाल, गोविन्द शिवाकोटीलगायतलाई पनि वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा गरिएको छ। उनीहरूको सरुवा उल्ट्याउन तत्कालीन एमालेसम्बद्ध संगठनका सदस्य र पार्टीका नेतामार्फत मन्त्री र सचिवलाई दबाब परेको छ।

केही कार्यालयमा अतिरिक्त कमाइ हुने लोभमा कर्मचारी मरिहत्ते गरेर जाने प्रवृत्तिमा कमी नआएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव रुदसिंह तामाङले बताए। आकर्षक र घुस्याहा सरकारी कार्यालयमा मनग्गे रूपमा आर्थिक कमाइ हुने गरेको छ। कतिपय कर्मचारीले दैनिक १० देखि ३० हजार रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले देखाएको छ। त्यस्ता कार्यालयमा कर्मचारीको पहुँच शक्तिकेन्द्रसँग समेत हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.