प्रदेश–१ को नाम र राजधानीबारे कांग्रेस सांसद छलफलमा

प्रदेश–१ को नाम र राजधानीबारे कांग्रेस सांसद छलफलमा

विराटनगर : प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु प्रदेशको नाम र राजधानीको विषयमा साझा धारणा बनाउन भन्दै छलफलमा जुटेका छन् ।

बिहीबार प्रदेशको अस्थायी राजधानी विराटनगरको एक होटेलमा २१ जना सांसदले आन्तरिक छलफल सुरु गरेका हुन् । सत्तापक्षले राजधानी र नामको विषयमा आफ्नो संसदीय दलको छलफल चलाइसकेको अवस्थामा कांग्रेसले पनि साझा धारणा बनाउन छलफल सुरु गरेको संसदीय दलका प्रमुख राजीव कोइरालाले बताए ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘सत्तारुढ दलले ल्याएको छलफलमा व्यवस्थापिका र कार्यपालिका अलग अलग स्थानमा हुने भन्ने सम्मको कुरा आएको छ । तर, हामीलाई यो कुरा स्वीकार्य छैन ।’

कार्कीका अनुसार सरकारले ल्याउने प्रस्तावले नै कांग्रेसको आगामी भुमिका कस्तो हुने तय हुने भएकाले नेताहरु छलफलमा सक्रिय भएका हुन् । कांग्रेस सांसद सूर्यराज राईले भने कांग्रेसभित्रै पनि अहिल्यै कुनै ठाउँ वा नामको विषयमा सहमति जुट्ने अवस्था नरहेको बताएका छन् ।

मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगर तर व्यवस्थापिका तथा कार्यपालिका विकेन्द्रित हुने गरी सरकारले प्रदेश राजधानीको विषय सदनमा प्रवेश गराउने अभिव्यक्ति दिएसँगै नाम र राजधानी जस्ता विषयमा नागरिकस्तरमा समेत छलफल सुरु भएका छन् ।

मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरु विराटनगर, संसद इटहरी, प्रदेश प्रमुखको कार्यालय धरान र मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा राख्ने मुख्यमन्त्रीको प्रस्तावको विषयमा सत्तारुढ दल नेकपाकै सांसदबीच एकमत आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.