बलात्कार प्रयासमा पक्राउ भारतीय युवा प्रहरी चौकीबाट भागे

बलात्कार प्रयासमा पक्राउ भारतीय युवा प्रहरी चौकीबाट भागे

ललितपुर : एक १३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको अभियाोगमा पक्राउ परेका एक आरोपी सुरक्षा घेरा तोडेर फरार भएका छन् । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका निवासी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका २० वर्षीय बब्लुकुमार बिहीबार बिहान प्रहरीको घेरा तोडेर भागेका हुन् । 

महांकालमा बसेर एक ग्रील फ्याक्र्टीमा काम गर्दै आएका भारतको देदियाका बब्लु कुमारले हिजो राति १० बजेतिर सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न  खोजेका थिए । बालिका चिच्याएपछि बब्लु भागेका थिए । 

तर बालिकाका बाआमाले उनलाई समाएर प्रहरी चौकी गोटीखेलमा बुझाएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले प्रहरीले नै ती अभियुतmलाई भगाएको आरोप लगाएका छन् । 

तर महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले यस घटनाबारे प्रहरीले राति साढे तीन बजे थाहा पाएको जानकारी दिँदै उसलाई चार बजे इलाका प्रहरी कार्यालय टुंगुंनमा राखिएको बताए । 

उनलाई टुंगुनबाट चापागाउँ प्रहरी वृत्तमा ल्याउने तरखर भइरहेको समयमा गाउँपालिकाका अध्यक्ष दाहाल आएर केरकार गर्दै हातपात गरेपछि उनी त्यहाँबाट भागेका बताए । खिउजुले भने ‘भागेका उनलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।’ यस घटनाबारे थप बुझ्न र छलफल गर्न डीएसपी खिउजुको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.