बसको ठक्‍करबाट बालकको मृत्यु

बसको ठक्‍करबाट बालकको मृत्यु

दमौली : बसको ठक्‍करबाट एक बालकको ज्यान गएपछि स्थानीयले तनहुँको भानु- २ स्थित डुम्रे बेसिसहर सडक अवरुद्ध पारेका छन्। नारायणगढबाट बेसिसहर जाँदै गरेको बा ३ ख ४५३४ नम्बरको यात्रुबाहक बसले भानु-२ बाह्रबिसेमा साइकल चलाइरहेका १० वर्षीय निरकुमार पोख्रेललाई ठक्‍कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।

बिहीबार दिउँसो करिब २ बजे भएको घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन्। 

उनीहरुले सडकमै बालकको शव राखेर सडक अवरोध पारेका छन्। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अवरुद्ध सडक खुलाउन स्थानीयसँग पहल भइरहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.