मन्त्रीले थर्काएर उल्ट्याए संसदीय समितिको निर्णय

मन्त्रीले थर्काएर उल्ट्याए संसदीय समितिको निर्णय

काठमाडौं : ‘नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न निर्देशन....’ विकास समितिकी सभापति कल्याणी खडकाले पूरा वाक्य पढिनसक्दै ‘एकछिन’ भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटा बीचमै कड्के ।

खड्का अलमलमा परेर रोकिइन् । ‘एकछिन एकछिन, मेरो यो निर्णयमा एउटा आपत्ति छ । यहाँ छलफल एउटा, निर्देशन अर्को, कस्ले लेख्छ निर्देशन ? ’ मन्त्री बास्कोटाले आक्रोशित स्वरमा भने, ‘छलफल गरौं, कसरी हुन्छ यो ? ’

संसदीय अभ्यासको ठीक उल्टो दृश्य देखियो । बिहीबारको बैठकमा बोलाएर गएका मन्त्री बास्कोटाले संसदीय समितिलाई थर्काए । सरकारलाई निर्देशन दिने समितिलाई उल्टै निर्देशन दिएर, निर्णय पनि ठाउँको ठाउँ उल्ट्याए ।

मन्त्री बास्कोटा कड्केपछि निरीह हुँदै सभापति खडकाले ‘ठिक छ, ठिक छ’ भनिन् । मन्त्री बास्कोटा त्यतिमै रोकिएनन् । ‘प्रतिस्पर्धाबाटै हुन्छ भनेर लेख्नै पर्दैन । कानुनमै त्यही छ । समितिको के निर्देशन हो यो ? पूर्वनिर्देशित हुन्छ र निर्णय ? ’

नेपाल सञ्चार मन्त्रालयको प्रगति विवरण र आगामी कार्यक्रमबारे कुरा बुझ्न समितिले मन्त्री बास्कोटालाई बोलाएको थियो । सांसदहरूले नेपाल टेलिकमका सेवा, सुविधा र गुणस्तर राम्रो नभएको भन्दै असुन्तुष्टि जनाएका थिए ।

छलफलपछि सभापति खडकाले टेलिकमको प्रबन्ध निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न निर्देशन दिने वाक्य पढ्न थालिन् । छलफलै नभएको विषय अचानक ल्याएको भन्दै मन्त्रीले रोेके ।

संसदीय अभ्यासमा मन्त्रीलाई राखेर निर्णय सुनाइँदैन । मन्त्रीले सभापतिलाई निर्णय प्रक्रियामा रोक्नु संसदीय सर्वोच्चताको उल्लंघन मानिन्छ । त्यही नौलो दृश्य बिहीबार देखिएको हो ।

मन्त्रीकै दल नेकपाबाटै प्रतिनिधित्व गर्ने सभापति खड्काले पनि अभ्यासविपरीत ‘अपरिपक्व’ ढंगले मन्त्रीकै सामु निर्णय सुनाइन् । मन्त्रीको हस्तक्षेप रोक्न सकिनन् । बरु आफ्नै कमजोरी रहेजसरी भनिन्, ‘कानुनमा रहेर काम गरौं, यसमा अनियमितता नहोस् भन्न मात्र खोजेको ।’

मन्त्रीबास्कोटाको आपत्तिपछि टेलिकम प्रबन्ध निर्देशको पदपुर्ति खुला प्रतिष्पर्धाबाट गर्ने निर्देशन समितिको निर्णयबाट हटाइएको थियो । त्यसका ठाउँमा समितिले टेलिकमको सेवालाई विस्तार र गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशाशनिक र व्यवस्थापकिय सुधार गर्न निर्देशन दिएको थियो ।

सरकारले टेलिकमको प्रवन्ध निर्देशकबाट कामिनी राजभण्डारीलाई गत साउनमा हटाएयता उक्त पद रिक्त छ ।

‘झाको नियुक्ति किन ? ’

विकास समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झाको नियुक्ती प्रक्रिया र उनलाई नियुक्ति गर्नुको कारणसहित जानकारी गराउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहिबारको बैठकले १५ दिनभित्र कारण खुल्ने गरि जवाफ दिन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको प्रगति विरण र आगामी कार्ययोजनबारे छलफल गर्न बसेको बैंठकमा समितिका सदस्य सांसदहरुले झाको नियुक्तिको विषयमा प्रश्न उठाएका थिए । कांग्रेसका सांसद जिपछिरिङ लामा र नेकपाका यज्ञराज सुनुवारले मन्त्रीबास्कोटालाई झाको नियुक्तिको कारण र प्रक्रियाबारे प्रश्न गरेका थिए ।

वजाफमा बास्कोटाले झाको नियुक्ति नियम, कानुनसम्मत र संवैधानिक रुपमै भएको जिकिर गरे । उनले भने, ‘यसमा आर्थिक चलखेल भएको कुरा बाहिर आइरहेको छ, त्यो सरसर झुटो हो । विश्वास लाग्दैन भने पुष्टी गरेर आउनुस् ।’

सरकारले गत असार २० मा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने निर्णयअनुरुप झा पनि पदमुक्त भएका थिए । त्यही सरकाले उनलाई फेरी भदांै ३१ गते अध्यक्षमा नियुक्त गरेको थियो । उनको अनियमिताको प्रतिवेदन भने यस क्रममा लुकाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.