पाटन नगरपालिकाको बजेट ४६ करोड ६३ लाख

पाटन नगरपालिकाको बजेट ४६ करोड ६३ लाख

बैतडी : पाटन नगरपालिकाको चौथो सभाले चालु आवको ४६ करोड ६३ लाख १६ हजारको अनुमानित बजेट पारित गरेको छ। नगरसभाले चालु खर्चतर्फ ३२ करोड ७३ लाख ६२ हजार २ सय ९० पारित गरेको छ भने पँुजीगत बजेटतर्फ १३ करोड ८९ लाख ५३ हजार १ सय ११ रुपैयाँ विनियोजन गरेको छ। गत असारमै नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले नगरसभा धकेलिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

नगरसभाले आर्थिक विकासतर्फ १ करोड ४१ लाख ९१ हजार ४०, सामाजिक विकासतर्फ ६ करोड ८२ लाख ३१ हजार ४ सय ७० रुपैयाँ विनियोजन गरिएको प्रवक्ता भण्डारीले बताए। उनले भने, ‘हामीले सामाजिक विकासतर्फ नगर स्वयंसेवक शिक्षकका लागि १ करोड २० लाख विनियोजन गरेका छौं। यसले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुने हाम्रो विश्वास छ।’

यस्तै, भौतिक पूर्वाधार विकासतर्फ ६ करोड ४५ लाख ८३ हजार ५ सय ४०, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४२ लाख ७६ हजार २ सय ८० रुपैयाँ र संस्थागत विकासतर्फ ३८ लाख ६६ हजार ९ सय विनियोजन गरिएको उनले बताए। नगरसभाले नगर क्षेत्रभरि कुल २ सय ४३ वटा योजना निर्माण गर्ने नगरसभाले पारित गरेको छ। नगरपालिकाले गत असारमै नीति तथा कार्यक्रम पारित गरेको भए पनि जनप्रतिनिधिबीच कुरा नमिल्दा ढिलो गरी नगरसभा सम्पन्न भएको हो।

नगरसभाले पारित गरेका योजनालाई शीघ्र कार्यान्वयनमा लैजानका लागि सबै प्रतिनिधिलाई आग्रह गरिएको नगर प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘विविध कारणले हामीले ढिलो गरी बजेट ल्याएका छौं। बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबै जुट्नुपर्छ।’

नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले यो बजेट नगर क्षेत्रका महिला, दलित, बालबालिकालगायत क्षेत्रका बासिन्दालाई सहयोग पुग्ने बताइन्। उनले भनिन्, ‘नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमका आधारमा बजेट आएको छ। बजेटले नगरलाई समृद्ध बनाउन सहयोग गर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.