आमा बुवाको नाममा ७५ लाखको छात्राबास

आमा बुवाको नाममा ७५ लाखको छात्राबास

भोजपुर : जिल्लाको दुर्गम साल्पासिलिछो गाउँपालिका कुलुङस्थित विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दुर्गम भेगका विद्यार्थीको सहजताका लागि स्थानीय समाजसेवी ३ दाजुभाइले आफ्ना स्वर्गीय बावुआमाका नाममा विद्यालयलाई ७५ लाखको छात्राबास भवन हस्तान्तरण गरेका छन्।

गत ०७३ साल फागुन १८ गते सिलान्यास गरिएको भवन स्थानीय रमेश कार्की र उनका दुई भाइ अर्जुन कार्की र विदुर कार्कीले स्वर्गीय पिता लोकबहादुर कार्की र आमा थलिमाया कार्कीको स्मृतिमा २ तले 'लोकथली स्मृति भवन' बनाइ दिएका हुन् ।

०७२ सालको बिनाशकारी भूकम्पले ध्वस्त पारेको विद्यालयमा पठनपाठन गर्न समस्या हुँदै आएको थियो। छात्राबास बनेपछि टाढाबाट धाउने विद्यार्थीलाई सहज बनेको छ। भवन विद्यार्थीलाई सहज हुनुका साथै विभिन्न प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने शिक्षक गोविन्द रिमालले बताए। उनले भने, ' सहयोगी हातबाट निर्मित छात्राबासले दुर्गमबाट आउने विद्यार्थीलाई हुने सास्ती पन्छिएको छ।

०२४ सालमा तीनै समाजसेवी तीनभाइका हजुरबुवा रणशेर कार्कीले विद्यालयका लागि साढे तीन रोपनी जग्गा निशुल्क दान गरेका थिए। पछि ०५९ सालदेखि कक्षा ११ र १२ पनि सञ्चालनमा गरिएको थियो। विद्यालयमै दुर्गममा उच्च शिक्षाको सहजता कायम गर्ने उद्देश्यले ०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विरेन्द्र बहुमुखी क्याम्पस समेत खोलिएको थियो। सोही वर्षदेखि भौतिक पूर्वाधार जुटाएर स्नातक तहको पढाइ सुरु गरेको यस क्याम्पसबाट तीन सयको संख्यामा विद्यार्थीले उच्च शिक्षा पुरा गरिसकेका छन्।

माध्यमिक तह र क्याम्पस तहको एउटै थलोमा पढाइ हुने उक्त क्याम्पससँगै जोडिएको विरेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब सात सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।

उत्तरी दुर्गम भेगका कुलुङ, ठोटनेरी, चौकीडाँडा, खाटाम्मा, दोभाने, नेपालेडाँडा, घलेगाउँ, जिमीगाउँ लगायतका दर्जनौँ गाउँ र छिमेकी जिल्ला संखुवासभाको सिसुवा, ताम्खु गाउँका विशेषगरी विपन्न समुदायका विद्यार्थीलाई बाहिर गएर पढनुपर्ने बाध्यता हटेको छ।

को हुन् रमेश कार्की
संयुक्त राष्ट्र संघमा आबद्ध कर्मचारी हुन्। अन्र्तराष्ट्रियस्तरमा शरणार्थीका लागि काम गर्ने कार्की विगत १२ वर्षदेखि सेवामा तल्लीन छन्। करिब ३ वर्षका लागि अफ्रिकी मुलुक सुडानमा कार्यरत रहँदा सन् २०१६ नोभेम्बर २८ मा त्यहाँका एक आतंकवादी समूहले उनलाई राष्ट्र संघको उच्च ओहोदाको व्यक्ति भन्दै आफ्ना मागका लागि अपहरण गरेका थिए। 

सुडान सरकारले उक्त आतंकवादी समूहको माग पूरा गरेपछि अपहरणको २४ दिनपश्चात कार्कीलाई रिहा गराएको थियो। स-परिवारका साथ ललितपुर बस्दै आएका कार्की गत चैत्रमा कार्की सेवाको सिलसिलामा युरोपेली राष्ट्र हंगेरीमा सेवारत रहेको उनकी श्रीमती रञ्जना कार्कीले बताइन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.