जंगलमा बेवारिसे शिशु भेटिएपछि...
ताप्लेजुङ : फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् ।
जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी काँसिनाथ रेग्मीका अनुसार स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए ।
शिशुको शरिरमा सामान्य चोट लागेकोले उपचारका लागि प्रहरीले जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको छ । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।