महिलाको नाङ्गो फोटो फेसबुकमा हालेपछि प्रहरीको फन्दामा

महिलाको नाङ्गो फोटो फेसबुकमा हालेपछि प्रहरीको फन्दामा

जनकपुरधाम : फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो । 

कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएका हुन् । 

पीडित महिलाले कामतविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए । कामतविरुद्ध साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

अघिल्लो साता मात्रै धनुषा प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका-३ का ३४ वर्षीय ब्रह्मदेव पण्डितलाई अवैद्य रुपमा इन्टरनेट सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.