पूर्वप्रहरी महानिरीक्षक खरेलको आत्मकथा विमोचित

पूर्वप्रहरी महानिरीक्षक खरेलको आत्मकथा विमोचित

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा शनिबार विमोचन भएको छ । पूर्वराष्ट्रपति रामवरण यादवले अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारीलाई पुस्तक हस्तान्तरण गर्दै विमोचन गरेका हुन् ।

पूर्वराष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीका निम्ति उपयोगी हुने विचार व्यक्त गरे । प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा लेखक खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुपर्नाको कारण खुलाएका थिए । पुस्तकको प्रारम्भमा माओवादीको दुनै आक्रमणबारे उल्लेख छ, जसका कारण खरेलले प्रहरी प्रमुखबाट राजीनामा दिनु परेको थियो ।

पछिल्लो समय प्रहरी संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुक्त अधिकृतहरू हुँदाहुँदै पनि अति राजनीतिकरणको सिकार भएर संगठनको कार्यक्षमतामै प्रश्नचिह्न उठ्दै गएको खरेलले बताए । उनले आफ्नो कार्यकालमा देशले भोगेका विविध घटनाले उकुसमुकुस बनाएको र पुस्तक प्रकाशनसँगै बल्ल हल्का महसुस गरेको पनि जनाए ।

खरेलले यस पुस्तकबाट प्राप्त रकम अमर प्रहरीका परिवार र तिनका केटाकेटीको शिक्षादीक्षाका निम्ति प्रदान गर्ने जानकारी दिए । कार्यक्रममा राजनीतिज्ञ र प्रहरीका वर्तमान एवं अवकाशप्राप्त अधिकृतहरूको उल्लेख्य उपस्थिती थियो । पुस्तक नेपालयले बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.