रमेशले ल्याए ‘छुटेका अनुहार’
![रमेशले ल्याए ‘छुटेका अनुहार’](https://annapurnapost.prixacdn.net/media/albums/ramessayan_20181007111708_Ljrc1kwT8v.gif)
काठमाडौं : कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ ।
काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरेकी हुन् । कार्यक्रममा कृतिमाथि अन्तरक्रिया समेत गरियो । साथै कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए ।
निबन्ध किन लेख्ने ? कसका लागि लेख्ने लगायत विषयमा निबन्धकारसँग पराजुलीले अन्तरक्रिया गरेका थिए । लेखक सायनले सामाजिक असमानता, विभेद जस्ता अमानवीय समाज विरुद्ध निबन्ध लेखेको बताए ।
सायनको निबन्ध संग्रह लिपि बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मुल्य ३ सय ४५ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)