मापसे गरी सवारी चलाए परीक्षा

मापसे गरी सवारी चलाए परीक्षा

विराटनगर : प्रहरीले मोरङमा मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकले अनिवार्य सचेतना परीक्षा दिनैपर्ने नियम लागू गरेको छ। मापसे गर्ने चालकले परीक्षा दिनुपर्ने नियम बनाएर लागू गरिएको नेपालमै पहिलो हो। चालकसँग परीक्षा लिन त्यही हिसाबको प्रविधिको पनि विकास गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ। प्रहरीले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्रै चालकले प्रहरीको नियन्त्रणमा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकसमेतका कागजपत्र र सवारीसाधन फिर्ता पाउनेछन्।

मापसे गरेर सवारी चलाउँदा अत्यधिक दुर्घटना हुन थालेपछि थप कडाइ गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए। ‘चालकले मापसे गरे/नगरेको विषयमा ब्रेथलाइजरमार्फत जाँच गरिनेछ’, उनले भने, ‘मापसे गरेको पाइए साथमा भएका कागजपत्र र सवारीसाधन नियन्त्रणमा लिएर चालकलाई पुर्जी दिइनेछ।’

त्यही पुर्जी र पुर्जीमा उल्लेख भएको नम्बरका आधारमा मात्रै मापसे गर्ने चालकले परीक्षामा सहभागी हुन पाउने पोखरेलले जानकारी दिए। यसअघि मापसे गरेर सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना र लाइसेन्समा प्वाल पार्ने गरेको थियो। चालकलाई राखेर सचेतना कक्षा पनि सञ्चालन गरिँदै आएको थियो।

मापसे गर्ने चालकलाई लक्ष्य गरी प्रत्येक दिन ९ बजेबाट जिल्ला प्रहरी कार्यालयमा परीक्षा सञ्चालन गरिनेछ।

मापसेमा परेपछि परीक्षा दिएर मात्रै हुँदैन। चालकले परीक्षामा अनिवार्य उत्तीर्ण पनि हुनैपर्छ। उत्तीर्ण नभए कागजपत्र र सवारीसाधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने पोखरेलको भनाइ छ। परीक्षामा उत्तीर्ण भएपछि जरिवाना र लाइसेन्स प्वाल पार्ने कारबाही गरेर मात्रै चालकलाई कागजपत्र र सवारीसाधन फिर्ता दिइनेछ।

मापसे गर्ने चालकलाई लक्ष्य गरी प्रत्येक दिन ९ बजेबाट जिल्ला प्रहरी कार्यालयमा परीक्षा सञ्चालन गरिने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। चालकले परीक्षा दिन एक घण्टाभन्दा बढी समय खर्चनुपर्ने उनले बताए। प्रहरी कार्यालयमा लिइने परीक्षामा उपस्थित हुन नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाइ छ। समय नहुने चालकले ‘मोरङ पुलिस डटकम’मा गएर अनलाइनमार्फत परीक्षा दिनुपर्नेछ।

ट्राफिक प्रहरीले दिएको पुर्जीको नम्बर हालिसकेपछि मात्रै मापसे गर्ने चालकले अनलाइनमार्फत परीक्षा दिन सक्ने प्रविधिको विकास गरिएको उनको भनाइ छ। अनलाइनमार्फत परीक्षा दिने चालक परीक्षामा उत्तीर्ण भए÷नभएकोबारेमा अनलाइनले नै स्पष्ट गरिदिनेछ। उत्तीर्ण भएमा चालकलाई कारबाहीका अन्य प्रक्रिया अघि बढाइनेछ। नभए अर्को परीक्षा दिनुपर्नेछ।

अर्काे परीक्षाका लागि चारवटा छुट्टाछुट्टै खण्ड भएको परीक्षा प्रणालीको विकास गरिएको एसपी केसीले जानकारी दिए। ‘प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसँग सम्बन्धित विषय समेटिएका १५ देखि २० वटा प्रश्न हुन्छन्’, उनले भने, ‘उत्तीर्ण हुन प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनैपर्छ।’ आवश्यकताअनुसार प्रश्न परिवर्तन गरिँदै जाने पनि उनले बताए।

परीक्षामा सहभागी हुने चालकको फोटोदेखि भिडियो रेकर्डिङसमेत हुने भएकाले अन्य व्यक्ति आएर परीक्षा दिने सम्भावना नरहने केसीले स्पष्ट पारे। अनलाइन पद्धतिबाट परीक्षा दिने क्रममा पनि क्यामेराले सम्बन्धित व्यक्तिको भिडियो खिच्ने, रेकर्डिङ गर्ने तथा एउटाको परीक्षा अर्कोले दिन खोजे अनलाइनले त्यसलाई स्वीकार नगर्ने उनले जानकारी दिए।

चालकका सबै कागजपत्र र सवारीसाधन प्रहरी नियन्त्रणमा हुने भएकाले पनि प्राप्त गर्न परीक्षा दिएर उत्तीर्ण हुनैपर्ने उनको भनाइ छ। मापसे गरेर सवारी चलाउँदा दुर्घटना हुने र त्यसले मानवीय तथा भौतिक क्षति गराउने विषयमा धेरै सचेतनामूलक कार्यक्रम गरे पनि मापसे गर्ने चालकको संख्यामा कमी नआएपछि प्रहरी थप कडा रूपमा प्रस्तुत हुनुपरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन्। ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको उनले जानकारी दिए। दुर्घटनामा परेर साउनयता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ। दुई जना अंगभंग भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.