मोरङमा लागूऔषधसहित पक्राउ
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका ७ बाट प्रहरीले आइतबार साँझ लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । कानेपोखरी ४ का २३ वर्षीय प्रकाश धिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा हिँडिरहेका धिमालका साथबाट चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।
उनका साथबाट एक सय ४९ ट्याब्लेट नाइट्राभेट, एक एम्पुल डाइजेपाम, एक एम्पुल फेनारगन र एक एम्पुल लुपिजेसिक र चारवटा सिरिन्ज बरामद गरिएको केसीले जानकारी दिए।घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।