प्रदेश १ : रोष्ट्रमबाटै पत्रकारलाई मुख्यमन्त्रीको हप्कीदप्की !

प्रदेश १ : रोष्ट्रमबाटै पत्रकारलाई मुख्यमन्त्रीको हप्कीदप्की !

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको मंगलबार बैठकमा रोष्ट्रमबाटे पत्रकारलाई हप्कीदप्की गरेका छन्। 

स्थायी राजधानी र नामकरणको विषयमा पत्रकारले जथाभावी लेखेको भन्दै मुख्यमन्त्री राई पत्रकारमाथि खनिएका हुन।
 

मंगलबार बर्खे अधिवेशन सकिएको छ। निकै आक्रोसित रुपमा प्रस्तुत भएका मुख्यमन्त्रीले धेरै समय पत्रकार र मिडियाले न्यूनतम स्तरसमेत ख्याल नगरेको आरोप लगाउँदै भने,‘सपना देखेर समाचार लेख्नु हुन्छ कि क्या हो तपाइँहरु ?’ मुख्यमन्त्री राईले सरकारको स्तरहीन टिकाटिप्पणी नगर्न चेतावनी दिए।
 
‘विषयलाई हल्का ढंगले लिइयो, मिडियाको दुरुपयोग भयो,’  राईले भने, ‘न्यूनतम व्यवसायिक मर्यादाको ख्याल नगरी त्यतिकै जस्तो पायो त्यस्तै कुरा लेख्ने र प्रकाशित गर्ने कुरा गरेर सहतमा टिकाटिप्पणी गर्ने र छताछुल्ल पार्ने काम भयो।’ मुख्यमन्त्री राईले सञ्चारकर्मीबाट प्रदेशसभा सदस्यलाई मानमर्दन गर्ने र लान्छित गर्ने काम भएको पनि आरोप लगाए। 

अस्वस्थ अनि नीच स्तरका अभिव्यक्ति र विचार सम्प्रेषण गरिएको भन्दै राईले भने,‘के ठानिरहेको छ प्रदेशसभा र मानीय सांसदलाई ?’ उनले आफूहरु राष्ट्र बनाउनका लागि जनताबाट अनुमोदित भएर आएको दाबी गरे। 

स्थायी राजधानी र नामको विषयमा कसैलाई पनि पजनी गर्ने अधिकार नभएको बताउँदै राईले प्रदेश सभाका ९३ जना सांसदह अख्तियार प्राप्त जनप्रतिनिधि भएको र संविधानले दिएको अधिकार प्रयोग गर्दै उनीहरुले नै तोक्ने बताए। 

भने, ‘राजधानी र नाम पजनी गर्ने अधिकार अरुलाई छैन। कलम चलाउँदा विचार गरेर मर्यादालाई ख्याल गर्न जरुरी छ।’ पत्रकारले आफ्नो मर्यादा, हैसियत, स्तर र व्यवसायिकताबाट च्युत भएर कलम चलाएको राईको आरोप थियो। 

राजधानी र नामको टुंगो सकेसम्म उच्चतम सहमतिको आधारमा प्रदेशसभाको अब आउने तेस्रो अधिवेशनबाट टुंगोमा पुर्याइने उनको भनाइ छ। 

मुख्यमन्त्रीले सरकारकै व्यक्तिले पनि मिडियाको दुरुपयोग गरेर आत्मसन्तुष्टि लिने काम गरेको आरोप लगाए। नाम र राजधानीको विषयमा प्रदेश मन्त्रीमण्डलमै मुख्यमन्त्रीसँग मन्त्रीको मत बाझिदै आएको छ। मुख्यमन्त्रीले रोस्ट्रमबाटै हप्कीदप्की गरेको विषयमा संसदको बैठकपछि पत्रकारले मुख्यमन्त्री राईलाई भेटेर आपत्ती जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.