पर्यटकीय गन्तव्य बन्यो ह्‍यात्रुङ झरना

पर्यटकीय गन्तव्य बन्यो ह्‍यात्रुङ झरना

तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको तीन सय ६५ मिटर अग्लो ह्यात्रुङ झरनामा पर्यटकको चहलपहल बढ्न थालेको छ। धेरै समयसम्म यस क्षेत्रमा पर्यटकको चहलपहल थिएन्। तर, हिजोआज भने स्थानीय तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ।

फेदाप गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको भरना हेर्नकै लागि र प्राकृतिक छटामा रम्नेहरू बढ्न थालेका छन्। पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यो झरना दक्षिण एसियाकै अग्लो मानिन्छ। दृश्यावलोकन, फोटो खिच्ने र झरनामै नुहाउनेसमेत आउने गरेका छन्। पहिलोपटक घुम्न आएका विराटनगरका श्रवणकुमार ऋषिदेवले आफुलाई स्वर्ग झैँ लागेको सुनाए। उनले भने, ‘मैले सामान्य ज्ञानमा यो झरनाको बारेमा पढेको थिएँ साच्चैगरी देख्न पाउँदा आफैलाई विश्वास लागि रहेको छैन।’

प्राकृतिकरूपमा बनेको यो झरनामा प्रत्येक दिनजसो देखिने सप्तरङगी इन्दे्रेणीको दृश्यले पर्यटकको मन लोभ्याउने गर्दछ। यस्तो दृश्य हेर्न कै लागि युवादेखि, विद्यार्थी र उमेरदारसमेत आउने गरेका छन्। अग्लो स्थानबाट झरेको मनमोहक दृश्य अवलोकन नै यो ठाउँको मुख्य रमाइलो पक्ष हो। मनमोहक दृश्य अवलोकन गर्दै आफ्ना प्रिय व्यक्ति घुमाउन ल्याउने योजना बनाएको काभ्रेबाट आएका पर्यटक अशोककुमार सिंहले बताए। उनले भने, ‘मेरो विशेष मान्छेलाई यो झरना देखाएर सरप्राइज दिने योजना बनाएको छु।’

फेदाप गाउँपालिकाको इसिवु र सम्दुको सिमानामा रहेको यो झरना हेर्नका लागि नेपालका विभिन्न स्थानको आन्तरिक पर्यटक र भारत तथा अन्य तेस्रो मुलुकका बाह्य पर्यटकको चाप बढ्दै गएको छ। यहा घुम्न आउनेमघ्ये अधिकांश नवजोडी पर्दछन्। आफूले मुलुकको विभिन्न स्थान घुमे पनि यो झरना जति रमाइलो कही पनि नभएको विराटनगरकी सुमन दासले सुनाइन्।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यो झरना दक्षिण एसियाकै अग्लो मानिन्छ।

मध्यपहाडी लोक मार्गको सम्दु सडकखण्डबाट आधाघण्टाको पैदल दूरीमा पुग्न सकिने यो झरनाको प्रचारप्रसार र उचित व्यवस्थापन भने खासै हुन सकेको छैन। निजी तथा सरकारीस्तरबाट व्यावस्थापनका लागि पहल नहँुदा पर्यटकीय महŒव बोकेको यो झरना ओझेलमा पर्दै जाने भएकाले यसको प्रर्वद्धनका लागि कार्ययोजना बनाइएको फेदाप गाउपालिकाका प्रवत्ता नवीन चोङबाङले बताए। उनले भने, ‘झरना प्रर्वद्धनका लागि आव ०७५/७६ मा गाउँपालिकाबाट ३० लाख र प्रदेश सरकारबाट २० लाख बजेट छुट्टयाइएको छ।’

बर्खायाममा पानीको स्रोत प्रशस्तै भए पनि हिउँदमा झरनामा पानीको मात्रा कम हुने गरेकाले सो बेलामा समेत पानीको व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीको माग छ। झरनासम्म आवतजावतका लागि सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्ने यहाँ घुम्न आउने पर्यटकको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.