क्रिकेटर लाक्पाको चार गोलले : काँकडभिट्टा सेमिफाइनलमा

क्रिकेटर लाक्पाको चार गोलले : काँकडभिट्टा सेमिफाइनलमा

विराटनगर : क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी लाक्पा लामाको ह्याट्रिकमा झापाको काँकडभिट्टा भेट्रान क्लब प्रदेश एकस्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा एभरेस्ट भेट्रान क्लब कानेपोखरीलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै काँकडभिट्टाले सेमिफाइनलमा स्थान बनाएको हो।

सेमिफाइनलमा काँकडभिट्टाले अर्को झापाली टोली बिर्तामोड भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ। काँकडभिट्टाको सनसनीपूर्ण जितमा लाक्पा लामा एक्लैले चार र रमेशकुमार बस्नेतले एक गोल गरे। खेलको अन्तिम समयमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल फर्काए।

एकपक्षीय खेलको पाँचौं मिनेटमा रमेशकुमार बस्नेतको पेनाल्टी प्रहारमार्फत काँकडभिट्टाले गोलको खाता खोलेको थियो। कर्नर बललाई क्लियर गर्न खोज्दा डीबक्सभित्र कानेपोखरीका कप्तान सञ्जीव बुढाथोकीको ह्यान्ड भएपछि काँकडभिट्टाले पेनाल्टीको अवसर पाएको थियो।

३८औं मिनेटमा काँकडभिट्टाका लाक्पा लामाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ५२औं मिनेटमा लामाले नै वान भर्सेस वानको स्थितिमा गोल गर्दै खेललाई ३-० को अवस्थामा पुर्‍याएका थिए। यस्तै ६२औं मिनेटमा लाक्पा लामाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले गरेको ह्याट्रिक प्रतियोगिताकै पहिलो हो। विपक्षी रक्षापंक्तिका खेलाडीलाई विट गर्दै अघि बढेका लामाले गरेको प्रहारलाई कानेपोखरीका गोलरक्षक राजकुमार कार्कीले नियाल्न पनि भ्याएनन्।

६८ औं मिनेटमा लाक्पाले नै चौथो गोल गर्दै काँकडभिट्टालाई फराकिलो अन्तरले जित दिलाए। दर्शन भक्तराज लवटले लाइनबाट दिएको क्रस पासलाई लामाले जाली चुमाएका थिए। ७०औं मिनेटमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल फर्काएका थिए।

काँकडभिट्टासँग निरीह भएको कानेपोखरीले खेलको तेस्रो मिनेटमै गोल गर्ने सुन्दर अवसर पाएको थियो। कुमुद लिम्बूको पासमा छत्र लिम्बूको प्रहार बाहिरिएको थियो। १७औं मिनेटमा पनि कानेपोखरीले खेलमा फर्कने अवसरको सदुपयोग गर्न सकेन। कप्तान सञ्जीव बुढाथोकीको प्रहारलाई काँकडभिट्टाका गोलरक्षक मीनबहादुर बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए।

खेलको म्यान अफ दी म्याच लाक्पा लामा घोषित भए। मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। बुधबारको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चल भेट्रान क्लब दमक र साबिक विजेता सुनसरीको धरान भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.