थोरै खाऔं, शुुद्ध खाऔं
कतिपय व्यक्ति नियमितरूपमा मासु खान्छन्। दसैंमा त उनीहरूलाई मासुका थरिथरि परिकार नै चाहिन्छ। हिन्दूहरूका लागि दसैं एक प्रकारले मासुको पर्व पनि हो। त्यसैले पनि धेरैको ध्यान मासुमा हुन्छ। धनीमात्र हैन न्यून आय भएका वर्ग पनि यो पर्वमा जसरी पनि मासुको व्यवस्था गर्छन्। अधिकांश परिकार मासुुकै हुुन्छ। मासुुका परिकार आफै पनि खाइन्छ र साथीभाइलाई पनि जमघट गराई खुुवाइने चलन छ। मार हान्नेले आफै खसी किन्छन्। बली दिनेले पनि आफै किनेर मठ मन्दिरमा बली दिन्छन्। नहुुनेले गच्छेअनुुसार बजारबाट मासुु किनेर ल्याउँछन्।
यो पर्व मनाइरहँदा मासुुजन्य पदार्थको गुुणस्तरीयता र स्वच्छतामा ध्यान दिनुुपर्छ। अत्यधिक तैलिय पदार्थ प्रयोग गरी मासुु मासुुकै विभिन्न परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानि मात्रै होइन, गम्भीर दुुर्घटनासमेत निम्त्यिाउन सक्छ। विज्ञका अनुुसार चाडपर्वको यस्तो माहोलमा थोरै तर शुुद्ध र गुुणस्तरीय मासुु नै खाऔं।
चिल्लो, पीरो, मसालेदार, सेकुुवाका रूपमा मुुख रसाउने गरी खाइने मासुुका परिकारका बारेमा सचेत हुुन खाद्य विज्ञले सुुझाव दिएका छन्। दसैंको समयमा मासुुबाट बनेका करिब दुुई दर्जन परिकार तयार पारी खाने चलन छ। खसीबोकाको मासुुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुुलाको छोइला, भुुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुुस्लिम कबाफ, सुुक्खा मासुु, प्याजी मासुु, हाँडी कबाफ, सेकुुवा, मटन बिर्यानी, भुुटन, तास, लेदो मासुु र किमाजस्ता परिकार अत्यधिक खाने गरिन्छ।
विज्ञका अनुुसार यो समयमा मासुुको गुुुुणस्तर नहेरी जताभावी मासुु सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुुने खतरा हुुन्छ। दसैंमा सबैभन्दा बढी खसीबोकाको मासुु उपभोग हुुन्छ। सामान्य समयभन्दा यो समयमा झण्डै १० गुणा बढी मासुुको उपभोग हुुन्छ। खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभागका वरिष्ठ खाद्य विज्ञ हस्तबहादुुर राईका अनुुसार हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दूर्गन्ध आउने मासुु खरिद गर्नुु हुुँदैन्। बोसो भएको मासुु पनि सकेसम्म उपभोग गर्नुु हुुन्न। नेपाली बजारमा उत्पादन हुुने मासुुमध्ये करिब ८० प्रतिशत मासुु अस्वस्थ्यकर छन्। मासुु उत्पादन हुुने मूल स्रोत वद्यशाला नै अव्यावहारिक भएकाले शुुद्ध मासुुको अपेक्षा गर्न नसकिने उनको ठहर छ। ‘मासुुको ओसार पसार र भण्डारण वेैज्ञानिक छैन’, राई भन्छन, ‘उपभोक्ताले आफै सचेत भएर सकेसम्म स्वच्छ मासुु उपभोग गर्न सक्छन्। सकेसम्म छाला भएको मासुु प्रयोग गर्नुु हुुँदैन।’
वंगुुरको हकमा भने थोरै बोसो भएको मासुु स्वास्थ्यका लागि राम्रो मानिन्छ। अत्यधिक बोसो भएको वंगुुरको मासुुले पनि खती गर्छ। खरिद गरेको वा घरमै काटिएको मासुु धेरै दिनसम्म राख्नलाई मासुुलाई पहिलेदेखि नै टुुक्रा–टुुक्रा बनाएर फ्रिज(रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुुको गुुणस्तर कायमै राख्न सकिन्छ।
‘तर काँचो मासुु फ्रिजमा राख्नुुपर्छ। फ्रिजबाट झिकेर फेरि आवश्कताअनुुसार काटेर पकाउने,’ राईले भने,‘बचेको मासुु फेरि फ्रिजमा राख्ने र निकालेर काटेर पकाउने प्रक्रियाले मासुु गुुणस्तरहीन बन्ने सम्भावना हुुन्छ। यस्तो मासुु खानलाई अयोग्य मानिन्छ।’ यस्तै पकाइसकेको मासुु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र खाने बेलामा तताउने गर्दा पनि स्वास्थ्यका लागि घातक हुुन सक्ने उनको ठहर छ।
यस्तो मासुु सेवन गर्दा फुुड प्वाइजन हुुने खतरा हुुन सक्छ। मासुुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुुनु हुुँदैन्। यस्तो भयो भने मासुु कालो र पिक्का जस्तो देखिन्छ। यस्ता मासुु सेवन गर्नुुहुुँदैन।
विभागका महानिर्देशक सञ्जीवकुुमार कर्णका अनुुसार डिप फ्रिजमा राखिएको मासुु पनि तापक्रम नमिलेर मासुुभित्र पानी जम्ने सम्भावना हुुन्छ। यस्तो मासुु पनि मानव स्वास्थ्यका लागि खान अयोग्य हुुन्छ। प्रतिदिन १ ग्रामसम्म मासुु सेवन गर्नुुपर्छ। कतिपय मासुुमा पहिलेदेखि किटाणुु यथावत हुुन्छ।
उक्त किटाणुुले मासुुमा विष छोडेको अवस्थामा त्यस्ता मासुु पनि खान हुुँदैन। मासुु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खादा उत्तम मानिन्छ। प्रतिग्राम मासुुमा एक लाखभन्दा तलको संख्यामा जीवाणुु भेटिए त्यस्ता मासुु पनि खानयोग्य मानिन्छ।
यस्तै प्रतिग्राम मासुुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायत जीवाणुु भेटिए खान अयोग्य मानिएको छ। बढी संख्यामा भेटिने जीवाणुुयुुक्त मासुु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुु¥याउनेलगायत समस्या देखापर्ने कर्णले जानकारी दिए।
दसैंको स्वच्छ मासुुसँगै ताजा शुुद्ध मसला र खानेतेल पनि उत्तिकै महŒव राख्छ। मासुु शुुद्ध हुुने तथा मसला र खानेतेल अशुुद्ध परेको अवस्थामा फुुड प्वाइजन, वान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ। सकेसम्म दसैंका लागि मसला आफै तयार पार्नुुपर्छ। खानेतेल पनि निकै सोचविचार गरी खरिद गर्नुुपर्ने उनको तर्क छ। स्वास्थ्यका लागि मासुुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुुने कर्णले सुुझाव दिए।
खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुुटुु, मधुुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुुने, कब्जियत हुुने, युुरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुुने गरेको खाद्य विज्ञको भनाइ छ। ‘धेरै दिन पुुग्ने गरी एकै दिन मासुु पकाएर खाँदा विभिन्न प्रकारका फुुड प्वाइजन हुुने खतरा हुुन्छ’, लामाले भनिन्।
उनका अनुुसार रातो मासुु पोलेर, धेरै भुुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुुन्छ। मधुुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुुटेको, तारेको वा डढाएको मासुु सेवन गर्न नहुुने लामाको सुुझाव छ। ‘त्यही भएर सकेसम्म ताजा मासुु मात्रै खानुुपर्छ। खसीबोकाको मासुुसँगै कुुखुुराको मासुु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुुडी सन्तुुलन गरी खाँदा पचाउन पनि सजिलो हुुन्छ। यसरी संतुुलित खाना खाँदा शरीरमा बोसो पनि जम्मा नहुुने अनि फायदा पनि गर्छ।’ उनका अनुुसार एक पटकमा अधिकतम तीन चार टुुक्रा खाँदा फाइदा गर्छ मासुुले। दसैंका अवसरमा बली दिन र मासुु खाने चलन बढ्दै गएकाले सामान्य दिनबाहेक करिब ६० हजार खसीबोका (१२ लाख किलो मासुु) खपत हुुन्छ। उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुुन्छ। उपत्यकामा दसैंको अवधिमा मात्रै करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगा खपत हुुन्छ। दसैंमा मात्रै विदेशी र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरका खसीबोकाको कारोबार हुुन्छ।
मासु उपभाेग गर्ने तरिका
- हरियो र कालो फिक्का जस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासुु खरिद गर्न हुुन्न।
- सकेसम्म छाला र अत्यधिक बोसो भएको मासुु प्रयोग गर्नुु हुुँदैन।
- मासुुलाई टुुक्राटुुक्रा पारी फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्ने।
- पकाएको मासुु फ्रिजमा राख्ने र खाने बेलामा तताउने। फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया घातक हुुन सक्छ।
- रातो मासुु पोलेर, धेरै भुुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने सम्भावना हुुन्छ।
- माछा मासुुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुुडी सन्तुुलन गरी खाँदा राम्रो हुुन्छ।
- गुुणस्तरयुुक्त खानेतेल र मसला मात्रै प्रयोग गर्नुुपर्छ।