मोरङमा मौसमी बिरामीको चाप

मोरङमा मौसमी बिरामीको चाप

विराटनगर : मौसम परिवर्तनसँगै मोरङका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको छ। गर्मी घटेर जाडो सुरु नहुँदै सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप भएपछि उपचारमा समस्या हुन थालेको छ।

सरकारी तथा निजी अस्पताल बिरामीले भरीभराउ छन्। विशेष गरेर बालबालिका र वृद्धवृद्धा बढी प्रभावित देखिएका छन्। बालबालिकामा निमोनिया र वृद्धवृद्धामा भाइरल ज्वरो, रुघाखोकी र दमको समस्या बढी देखिएको चिकित्सक बताउँछन्।

कतिपय स्वास्थ्य संस्थामा उपचारका लागि अस्थायी शय्या थप गर्नुपर्ने स्थिति आएको छ। पुराना बिरामीलाई चिकित्सकको सम्पर्कमा रहने सल्लाह दिएर डिस्चार्ज दिँदै नयाँ भर्ना गरेर उपचार थालिएको छ। विराटनगरका नोबेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल, विराट नर्सिङ होम, लाइफगार्ड, गोल्डेन, न्युरोलगायत अस्पतालमा बिरामीको चाप धान्न कठिन हुन थालेको जनाइएको छ।

अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन पोखरेलले महामारी फैलिने गरी रोग लागेकाभन्दा नियमित उपचार र स्वास्थ्य परीक्षणमा आउनेको संख्या बढेको बताए। ‘गर्मी कम भएर चिसो सुरु हुन खोज्दै गर्दा बिरामीको चाप बढ्यो’, उनले भने, ‘मौसमको अनुकूलता नमिल्दा बिरामी बढेको पाइयो।’

पहाडी जिल्ला र साना स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रेफर गरिएका बिरामीसमेत थपिने गर्दा चाप बढेको उनको भनाइ छ। उनका अनुसार कोसी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि दैनिक १ हजार हाराहारी आउने गरेका थिए। अहिले बिरामीको संख्या बढेर १ हजार ५ सय नाघेको जानकारी उनले दिए।

नोबेल मेडिकलका प्रबन्धक नारायण दाहालका अनुसार बहिरंग विभागमा दैनिक २ हजार बिरामी आउन थालेका छन्। यसअघि दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेका थिए।

वरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवालले बालबालिकामा छालाको एलर्जी, निमोनिया र रुघाखोकीको समस्या बढी देखिएको बताए। ‘अहिले धेरै गर्मी पनि छैन, धेरै चिसो पनि भइसकेको छैन’, उनले भने, ‘गर्मी क्रमशः घट्दै गएर चिसो मौसम सुरु हुँदै जाँदा त्यसले बालबालिकामा असर पु¥याउँछ। बालबालिकालाई उचित रेखदेख र स्याहारसुसार गर्नु उत्तम हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.