दसैंमा विशेष शृंगार

दसैंमा विशेष शृंगार

दसैं नजिकिँदै गर्दा बजारमा सौन्दर्य प्रसाधनका पसलमा भीडभाड छ। दसैंमा जति नयाँ पहिरन खाँचो हुुन्छ, त्यसलाई सुुहाउँदो शृंगार गर्नुु पनि उत्तिकै जरुरी हुन्छ। अन्य चाडपर्वभन्दा दसैंमा महिलाले विशेष शृंगार गर्छन्। दसैंमा आफ्नै घरमा लगाइने टीका होस् या आफन्तकोमा टीका थाप्न जाँदा, आफूले लगाएको पहिरन सुुहाउँदो मेकअप गर्न हर कोहीले पहिलेदेखिकै जोहो गरेकै हुुन्छन्।

टीका लगाउन आफन्तकोमा जाँदा दौडधुुपले अनुुहार र शरीरमा पसिना आएर मेकअप मेटिने र थाकेको देखिने सम्भावना हुुन्छ। त्यसैगरी यो मौसममा कति खेर पानीपर्छ भन्ने पनि ठेगान नभएकाले सकेसम्म वाटरप्रुुफ मेकअप गर्दा राम्रो हुुने मेकअप आर्टिस्ट सानुु गुुरुङ बताउँछिन्। दिनभरि टीका थाप्न दौडिरहनुुपर्ने भएकाले गर्मीले असिनपसिन नहोस् भनेर दसैंका बेला ग्लसीभन्दा म्याट मेकअप गर्दा राम्रो हुुने उनको भनाइ छ।

दसैंजस्तो महान चाडमा जुुनसुुकै उमेरका महिला पनि उत्तिकै सजिन चाहन्छन्। यद्यपि, धेरै साना र उमेर खाइसकेका महिलाले अत्यधिक मेकअप गर्दा त्यति सुुहाउँदो देखिँदैन। उमेर समूहअनुसार कस्तो मेकअप गर्दा राम्रो हुन्छ बुुझेर गरे सुुन्दर र आकर्षक देखिन सकिन्छ।

युुवतीका लागि मेकअप

मेकअप गर्नुु अगाडि अनुुहारलाई सफासँग धुुने गर्नुुपर्छ। अनुुहारको छाला मानिसअनुुसार फरक हुुन्छ। कसैको छाला तेलीय हुुन्छ भने कसैको सुुक्खा। तेलीय छाला हुनेले मेकअप गर्नुु अगाडि अनुुहारमा टोनर लगाउनुुपर्छ। यसपछि मोइस्चराइजर लगाउने क्रममा थोरै मोइस्चर भएको क्रिम छान्नुु उपयुुक्त हुुन्छ। मोइस्चराइजरपछि अनुुहारमा प्राइमर लगाउनुु पर्छ। यसले बाहिरी मेकअपले छालालाई गर्ने हानिबाट जोगाउन मद्दत गर्छ। आफ्नो छालाको टेक्स्चरअनुुसार यसलाई मिल्ने खालको फाउन्डेसन रोजेर अनुुहारमा लगाउनुुपर्छ। कसैको अनुुहारमा धेरै नै दाग छ भने फाउन्डेसन लगाउनुु अगाडि कन्सिलरको पनि प्रयोग गर्नुु जरुरी हुुन्छ। फाउन्डेसनपछि पफको सहायताले अनुुहारमा पाउडर लगाएपछि आँखाको मेकअप सुुरु गर्नुुपर्छ।

कुुनै पनि महिलाको सुुन्दरतामा आँखाको सौन्दर्यले धेरै नै महŒवपूर्ण भूमिका खेलेको हुुन्छ। मानिसको पहिलो नजर नै आँखामा पर्ने भएकाले आँखाको शृंगारमा समय दिएर गर्नुुपर्छ। आइस्याडोको छनोट गर्दा युुवतीलाई धेरै झिलीमिली रंग त्यति मन नपर्ने र नसुुहाउने भएकाले छाला रंगका न्युड रंगहरू छान्नुु राम्रो हुुन्छ। मस्कारा र आइलाइनर लगाउन चाहनेले लगाएमा आँखालाई अझै सुुन्दर देखाउन मद्दत गर्छ। यदि कसैको आइब्रो पातलो छ भने आइब्रो पेन्सिलको सहायताले त्यसलाई आकार दिएर कालो रंग लगाउँदा बाक्लो र सुुन्दर देखिन्छ।

दसैंको बेला खाली मुुख कतै पनि नपठाउने हुुनाले, खाँदा पुुछिएको लिपिस्टिकलाई राम्ररी पुुछेर फेरि थप्यो भने दिनभर सुुन्दर र आकर्षक देखिन सक्छ।

मेकअप गरिसकेको अनुुहारलाई राम्रो आकारमा ढाल्नका लागि कन्टोरिङ गर्ने। त्यसपछि हल्का ब्लसर लगाउने। ब्लसरपछि हल्का ब्लन्जर लगाएमा अनुुहारमा अझै चमक आउँछ। अन्त्यमा पफकै सहायताले पाउडरले ड्यापड्याप गर्दै फाइनल टच अप दिने। बिहानदेखि बेलुुकासम्म उक्त मेकअप टिकाउनुुपर्ने भएकाले अन्त्यमा सेटिङ स्प्रेको प्रयोग गर्ने। अनुुहारमा जति नै मेकअप गरे पनि लिपिस्टिकबिना त्यो मेकअप खुुल्दैन। त्यसैले लिपिस्टिक लगाउँदा युुवतीले प्रायः न्युुड, छाला रंग, हल्का गुुलाबीलगायत रंगका लिपिस्टिक रोजे उत्तम हुुन्छ। मेकअप सकिएपछि आफूले लगाएको ड्रेससँग मिल्ने खालको हेयर स्टायल गर्नुुपर्छ। बीच वा साइडमा सिउँदो बनाएर कपाल कर्ली वा स्ट्रेट बनाएर त्यसै छाडे पनि हुुन्छ। यदि, छाडेको कपाल मन पर्दैन भने हल्कासँग एक चुुल्ठी बान्न पनि सकिन्छ। सारी, लेहेंगा वा हेभी भरेको कुुर्ता लगाएको छ भने आफूलाई अलि स्टायल दिन कपालको जुुरो पनि बनाउन सकिन्छ। जुुरो बनाउँदा त्यसमा जमरा अड्काउन पनि सजिलो हुुने र व्यक्तित्वमा निखार पनि आउने गर्छ। निधारमा टीका लगाउँदा कपालले नअल्झाओस् भनेर अगाडि आउने कपाललाई विभिन्न स्टायलमा सपक्क पारेर चिम्टीले च्याप्दा सजिलो हुुनुुका साथै राम्रो पनि देखिन्छ।

अधवैसेको शृंगार

दसैंको बेलामा बिहानदेखि नै टीका लगाउन जानुुपर्ने हुुनाले जुुनसुुकै उमेर समूहमा महिलाले धेरै हेभी मेकअप नगर्दा राम्रो हुुन्छ।

उमेरले ४० कटेपछि अनुुहारमा परिवर्तन आउन थाल्छन्। त्यसैगरी कोल्याजन तत्वको उत्पादन पनि घट्दै जाने भएकाले यसले छालालाई खुुकुुलो र निस्तेज बनाइदिन्छ। कोल्याजनकै कमीले गर्दा अनुुहारमा मसिना धर्सा पनि देखापर्न थाल्छन्। त्यसैले यो उमेर समूहका महिलाले सन ब्लक क्रिमका साथै एन्टी एजिङ क्रिम पनि लगाउनुु उत्तिकै आवश्यक हुुन्छ।

मेकअप गर्ने तरिकामा युुवती र अधवैसे महिलामा खासै भिन्नता हुँदैन। तर, आँखाको शृंगार र लिपिस्टिक लगाउँदा भने अलि चम्किलो रंगको छनोट गर्दा राम्रो देखिन्छ। उमेर बढ्दै जाँदा आँखामा पनि चाउरिपन देखिन थाल्ने भएकाले हेभी मेकअप गर्दा सुुन्दर देखिने मेकअप आर्टिस्ट गुुरुङले बताइन्। आइस्याडो लगाउँदा आफ्नो पहिरनको रंगअनुुसार गाडा गुुलाबी, रातो, रानीलगायत रंगलाई छाने उपयुुक्त हुुन्छ। त्यसैगरी, अलि गाडा रंगका लिपिस्टिक लगाउँदा यस उमेर समूहका महिलालाई सुुहाउने गर्छ। हेयर स्टायलको कुुरा गर्दा आफ्नो अनुुहारको आकारअनुुसार कपाललाई कर्ल गर्ने वा जुुरो बनाउने गर्नुुपर्छ। सामान्य खालको टुइस्ट क्रस गरेर कपालमा पिन लगाउनाले पनि जमरा राख्न सजिलो हुने ब्युटिसियन रुस्का श्रेष्ठको सुझाव छ।

मेकअप अपडेट

दिनभरिको दौडधुुपले पसिना पनि धेरै आउँछ। टीकामाथि टीका थपिरहँदा टीकाको अबिर अनुुहारका अन्य भागमा लाग्ने सम्भावना पनि त्यतिकै हुुन्छ। त्यसैले आफूले बोक्ने पर्समा कमसेकम पाउडर र लिपिस्टिक राख्ने गर्नुुपर्छ। कहीँ कतै मेकअप बिग्रिहाले पनि पफको सहायताले पाउडर लगाउन सकिन्छ। दसैंको बेला खाली मुुख कतै पनि नपठाउने हुुनाले, खाँदा पुुछिएको लिपिस्टिकलाई राम्ररी पुुछेर फेरि थप्यो भने दिनभर सुुन्दर र आकर्षक देखिन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.