सुनवलमा प्रसूति गृह सञ्चालनमा

सुनवलमा प्रसूति गृह सञ्चालनमा

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले प्रसूति गृह सञ्चालनमा ल्याएको छ। प्रसूति गृहको बुधबार प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेर सञ्चालनमा ल्याएका हुन्। 

प्रसूति गृहको उद्घाटगर्दै मन्त्री चौधरीले स्वास्थ्य क्षेत्रमा सुनवल नगरपालिकाले जिल्लामै छुट्टै प्रसूति गृह नभएको अवस्थामा नमूना काम गरेको भन्दैं प्रशंसा गरे। उनले प्रसूति गृहलाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए। 

प्रस्तूति सेवा नहुँदा सुनवल नगरपालिकाका महिला सुत्केरी सेवा लिन बुटवल जानुपर्ने बाध्यता थियो। दक्ष प्रसूति स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने गृह ५ सैयाको छ। संस्थामा एसबीए तालिम प्राप्त ६ जना नर्सले चौबिसैं घण्टा सेवा दिने नगरप्रमुख भीमबहादुर थापाले बताए। गृहमा एकै पटक ५ जना महिलालाई सुत्केरी गराउन सक्ने गरी सबै सुविधा उपलव्ध रहेको छ।

नगरपालिकाले छिट्टै नै सुविधा सम्पन्न १५ सैयाको अस्पताल बनाउने तयारी गरिरहेको थापाले जानकारी दिए। जटिल शल्यक्रिया गर्नुपर्ने सुत्केरीलाई भने गृहले अन्यत्र रिफर गर्ने गरेको छ। गृहमा सुनवल नगरपालिकाका भित्रका १३ वडासहित बर्दघाट र रुपन्देहीको खैरहनीका सुत्केरी महिलालाई समेत सेवा लिन सहज भएको छ।

सुनवल नगरपालिकामा वार्षिक १३ सयको हाराहारीमा महिला सुत्केरी हुने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी नेपालले जानकारी दिए। तीमध्ये १५ प्रतिशत सुत्केरी जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेको उनले जानकारी दिए।

जटिल र सामान्य प्रकारबाट हुने सुत्केरीको अवस्था पहिचान गर्भावस्थामै हुने गर्दछ। त्यसका लागि कम्तीमा चार पटक नियमित रुपमा गर्भ परीक्षण गराउन स्वास्थ्यकर्मीले गर्भवतीलाई सुझाव दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.